२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरका नौ स्थानीय तहले विगत ३ आर्थिक वर्षमा परामर्श सेवा खरिद मा १३ करोड ७३ लाख ९६ हजार ३८ रुपैयाँ खर्च गरेका छन् । महालेख प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७६\७७ देखि २०७८\७९ सम्ममा परामर्श सेवामा कञ्चनपुरका पालिकाले उक्त बजेट खर्च गरेका हुन् । परार्मश सेवा करिब ९९ सय प्रतिशत डिपिआर निमार्णका आयोजना रहेको पालिकाका कर्मचारीको दावि छ । डिपिआर निर्माणमा ठुला रकम खर्च भएको देखिपछि त्यसमा अनिमितताको आशंका बढेको छ । पालिकाले परामर्श सेवा अन्र्तगत डिपिआरमा गरेको खर्चको स्थानीय स्तरमा आलोचना भईरहेको छ । तर त्यसमा भएको अनिमितताबारे अख्तियारको खासै ध्यानार्कषण हुन सकेको छैन् ।
भीमदत्त नगरपालिकाका पछिल्ला आर्थिक वर्षमा निर्माण गरिएका डिपिआरबारे अख्तीयार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान विषय सार्वजनिक भएपनि अन्य पालिकाको उजुरीबारे समेत अख्तियार अनविज्ञ जस्तै छ । डिपीआर निर्माणमा अनियमिता भएको आशंककामा परेको उजुरीमा छानबिन गरि अनुसन्धान भईरहेको आयोगको महेन्द्रनगर कार्यालयका सुचना अधिकारी नवराज भण्डारीले बताए । उनका अनुसार भीमदत्त नगरपालिकाका डिपिआर निर्माणको विषयमा अनुसन्धान भईरहेको छ ।
‘डिपीआर निर्माण अनियमितता भएको उजुरी परेपछि त्यसको अनुसन्धान भईरहेको छ ।’ सुचना अधिकारी भण्डारीले भने ‘उजुरी आएका सबै पालिकाको अनुसन्धान हुन्छ ।, डिपिआर निर्माणमा भएको अनियमिताबारे कुन–कुन पालिकाको उजुरी परेको छ भन्ने पालिका अनुसारको तथ्याङ्क छैन् ।’
त्यस्तै उजुरी उपर भईरहेको अनुसन्धानबारे सम्बन्धित उजुरी कर्तालाई मात्रै जानकारी दिने मिल्ने पनि उनको दावि छ । ‘डिपिआर निर्माणबारे गरिएको खर्चकै आधारमा अख्तियारले अनुसन्धान गर्ने होईन, त्यसमा अनियमिता भएको, कानुनी पक्रिया अनुसार नभएको उजुरी परेमा अख्तियारले अनुसन्धान गर्छ ।’ उनले भने ‘त्यस सम्बन्धित सञ्चार माध्यम लगायत अन्य माध्यमले आएको विषयमा अख्तियारको ध्यानाकर्षक हुन्छ ।’ भीमदत्त नगरपालिकाले तीन वर्षमा डिपिआर निर्माणमा ३ करोड ३२ लाख ५४ हजार ७ सय ५६ रुपैयाँको परामर्श सेवा खरिद खर्च गरेको थियो । डिपिआर निर्माणमा पालिकाले कराडौँ खर्च गरेको पाईए पनि अख्तियारले चाँसो नदेखाएको भन्दैँ अख्तियारकै कार्यशैलीमाथि पनि स्थानीय आशंका गर्न थालेका छन् । सबै पालिकाले डिपिआर निर्माणका गरेको खर्चको
जिल्लामा डिपिआरमा सबै भन्दा बढी खर्च गर्नेमा वेदकोट नगरपालिका अगाडी देखिएको छ । तीन आर्थिक वर्षमा वेदकोटले परामर्श सेवामा तीन करोड ६० लाख १६ हजार ३ सय ८६ रुपैयाँको खर्च गरेको छ । भने कृष्णपुर नगरपालिकाले ३ करोड २४ लाख ८३ हजार १ सय ९२ रुपैयाँको परामर्श सेवा खरिद खर्च गरेको महालेखाका पछिल्ला प्रतिवेदनमा उल्लेख छ ।
त्यस्तै पुनर्वास नगरपालिकाले ९० लाख ३० हजार ७ सय रुपयाँ खर्च गरेको छ । बेलौरी नगरपालिकाले २०७७\७८ सम्म १८ लाख ९१ हजार २७ रुपैयाँमा परामर्श सेवा खरिद गरेको छ । भने ०७८÷०७९ को परामर्श सेवा खरिद विवरण महालेखा प्रतिवेदनमा उल्लेख छैन ।
त्यस्तै शुक्लाफाँट नगरपालिकाले २०७६\७७ देखि २०७७\७८ सम्म ४९ लाख ६० हजार ९ सय ८७ रुपैयाँमा परामर्श सेवा खरिद गरेकोमा ०७८\७९ को परामर्श सेवा खरिद विवरण प्रतिवेदनमा उल्लेख छैन् । तीन वर्षमा लालझाडी गाउँपालिकाले १ करोड ६९ लाख ८८ हजार २ सय ३१ रुपैयाँमा परामर्श सेवा खरिद गरेको छ । भने बेल्डाँडी गाउँपालिकाले २ लाख ७७ हजार ७ सय ६० रुपैयाँमा परामर्श सेवा खरिद गरेको छ । दोधारा चाँदनी नगरपालिकाले परामर्श सेवा खरिद विवरण पनि महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छैन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी