२०८१ मंसिर ८, शनिबार
पुनर्वास:
कञ्चनपुरको पुनर्वास नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन पालिका घोषणा गरिएको छ । खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको हो ।
पुनर्वास नगरपालिकामा सरोकारवाला निकायको उपस्थिति रहेको कार्यक्रममा खोपको महत्त्वका विषयमा जानकारी दिदैं राष्ट्रिय खोप तालिका अनुसार नगरका ११ ओटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित तथा दिगोपन पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले बताए ।
कार्यक्रममा पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर धामीले प्रतिवदेन प्रस्तुत गर्दै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषण गर्नको लागि वडा—वडामा गई खोप अभियान सञ्चालन गरेको बताए ।उनले पालिका पूर्ण खोपयुक्त सुनिश्चित भएको विषयमा जिल्ला खोप समन्वय समितिलाई पनि जानकारी दिएको बताए । प्रत्येक वडामा वडास्तरीय खोप समन्वय समितिले पालिकालाई बालबालिकाले खोप लगाएको सुनिश्चित गरेपछि पालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको बताए ।
घरधुरी सर्वेक्षण गर्दा १६ महिना देखि ५९ महिनासम्मका खोप नलगाएका २जना बालवालीकाहरु र आंशिक १०६ जना बालबालिकाहरू भेटिएका थिए । सर्वेक्षणमा भेटिएका ति बालवालीकाहरुलाई नगरपालिकाले बैशाख महिना भित्र खोप अभियान सञ्चालन गरी पुर्ण खोप दिइसकने धामीले बताउनु भएको छ । हाल खोप पाईरहेका १६ महिना सम्मका बच्चाहरुको संख्या नगरपालिका भर २ हजार ९ सय ३९जना रहेका छन् भने खोप सर्वेक्षणबाट पुनर्वास नगरपालिकामा ३ हजार ५१ जना, १६ महिना देखि ५ ९ महिना सम्मका बालबालिकाहरु रहेको प्रतिवेदनमा उल्लेख रहेको छ ।
कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराले पुनर्वास नगरपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना नगरपालिका घोषण भएकोमा बधाई दिदै पूर्णखोप नगरपालिका घोषणा भईसकेपछि आगामी दिनमा पनि नगरपालिकाका सम्पुर्ण बालबालिकालाई खोप लगाउन नछुटाउनको लागि सबै बालबालिकाका अविभावक संग समन्वय गरी खोप कार्यक्रम सञ्चालन गर्न पुनर्वास नगरपालिका स्वास्थ्य शाखालाई आग्रह गर्नु भएको छ ।
पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्माले पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा भएकोमा खुसी व्यक्त गर्दै नगरपालिकालाई पूर्णखोप सुनिश्चितता नगरपालिका घोषणा गर्नको लागि अहोरात्र खट्ने स्वस्थ्य शाखाका कर्मचारी, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वायमसेविका, अविभावक, स्वास्थ्य कार्यालय कञ्चनपुर लगाएत सम्पुर्ण अविभावकलाई धन्यवाद ब्यक्त गर्नुभएको छ । साथै नगर प्रमुख शर्माले आगामी दिनमा खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडी बढाउदै नगरपालिकामा जन्मिएका सम्पुर्ण बालबालिकाको पूर्णखोप सुनिश्चितताको लागि नगरपालिका सधै प्रतिवद्ध भएर लाग्न समेत बताउनु भएको छ ।
कञ्चनपुर जिल्ला खोप समन्वय समितिका संयोजक दुर्गा दत्त बोहराको प्रमुख आतिथ्य र पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्मा को अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा विशिष्ट अतिथिमा जिल्ला समन्वय समिति का उपप्रमुख राम कुमारी राना, अतिथीमा पुनर्वास नगरपालिकाका उपप्रमुख भुलिया कुमारी राना, नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष माधव सिँह धामी,प्रमुख प्रशासकीय अधिकृत गणेश सिंह ऐर, जिल्ला खोप शाखा फोकल पर्सन जनक कुँवर र वरिष्ठ जनस्वास्थ्य अधिकृत दया कृष्ण पन्त , ११वटै वडाका वडा अध्यक्ष, स्वास्थ्यकर्मी, आमा समूह, स्वास्थ्य स्वायम्सेविका, अविभावक लगाएत सम्पुर्ण नगरबासीको उपस्थिति रहेको थियो। उक्त कार्यक्रमको सञ्चालन पुनर्वास नगरपालिकाका स्वास्थ्य शाखा प्रमखु राम बहादुर धामी ले गर्नु भएको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी