२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
नेकपा एमाले कञ्चनपुरमा महाबबण्डर मच्चिएको छ । पाटीको नीति, सिद्धान्त एव राजनीतिक निष्ठा अनुरुप नचलेपछि एमाले कञ्चनपुरमा समान्य बबण्डर होईन, महाबबण्डर नै उत्पन्न भएको हो । एमाले नेता कार्यकर्ताविच एक आपसमा पानी बराबर जस्तै अवस्था सृजना भएको छ ।
अन्य राजनीतिक दल भन्दा एमाले साँगठानिक चलाउमान चुस्त,दुरुस्त एव अनुशासनमा चल्ने भएपनि एमाले कञ्चनपुरमा अहिले भाँडभैलो मच्चिएको छ । एमाले कञ्चनपुरमा नेताहरुको जिम्मेबारी हेरफेर, जिम्मेबारी खोस्नेदेखि नयाँलाई दिएपछि पाटीभित्र विवाद चुलिएको छ । एमाले कञ्चनपुरको आन्तरिक गुटउपगुटदेखि भित्रभित्रै घुसको आगो जस्तै विवाद छताछुल्ल देखिएको छ । एमाले कञ्चनपुरका नेता कार्यकर्ता अहिले युद्धकालिन शैलीमै नेतृत्व पदाधिकारी बिरुद्धमा उत्रिएका छन । एमाले कञ्चनपुरले भीमदत्त नगरपालिका र बेलडाँडी इन्चार्ज भीम ब. शाहु र अक्कल विष्टको जिम्मेबारी खोसेर प्रमानन्द जोशी र दिल बहादुर सुनारलाई दिएको छ । काम गरिराखेका नेताहरुको जिम्मेबारी खोसेर निकटलाई जिम्मेबारी दिएको भन्दै नेता कार्यकर्ताले समाजिक सञ्जाल सरापिरहेका छन । यस्तै आफन्त, आफु निकटलाई जिम्मेबारी दिएको भन्दै नेता कार्यकर्ता एकले अर्कोलाई तल्लो स्तरको आरोप प्रत्यारोपमा उत्रिएका छन । एमाले युवा नेता नविन चन्दले भ्रष्टाचार, हाडनाताकरणी, मिटरब्याजीहरु जबसम्म पार्टी नेतृत्वमा रहदासम्म पार्टी नबन्ने संघीन आरोप लगाएका छन ।
एमाले कञ्चनपुरका प्रभावशाली युवा नेता राधाकृष्ण जोशी(ज्वाला)ले ईज्जल, लाज, सरम, घिन, ईमान जमान, नैतिकता, अपारदर्शी, भ्रष्टाचार र चरित्र, ठगि पुर्वाग्रही नीति, विचार सिद्धान्त बिहिन भएको गम्भिर आरोप लगाएका छन ।
एमाले बेलडाँडी तत्तकालिन इन्चार्ज अब्कल विष्टले पाटी सचिव पल्लवराज भट्टलाई सिधै प्रहार गरेका छन । उनले पल्लवराज भट्ट एमालेमा हुँदासम्म पाटी नबन्ने भविष्यबाणी यही अवस्थामा एमाले अघि बढे टर्च बालेर एमाले खोज्नुपर्ने आक्र्रोस पोखेका छन । एमाले जिल्ला सदस्य कमल रोकायाले पनि पाटी सक्न धेरै मेहनत नचाहिने बताउँदै व्यक्ति सक्न खोज्दा आफै सकिन्छौँ त्यो दिन धेरै टाढा हुँदैन भनेर भविष्यबाणी गरेका छन । उनले पत्रकारसंग नजिकमा मान्छेलाई विभागदेखि जिम्मेबारी दिएर पाटीलाई अराजतातर्फ उन्मुख गराउन खोजेको आरोप लगाए । एमाले कञ्चनपुरका सचिव पल्लवराज भट्टले समाजिक सञ्जालमा केके खेलिरहेको विषयमा सुन्नमा आएको बताउँदै आधिकारिक गुनासो नआएको बताए । ‘फेसबुकमा केके खेलिरहेका छन, त्यस कुराको के अर्थ हुन्छ, मैले हेर्न पाएको छैन, ‘पाटी सचिव भट्टले भने, ‘लेख्नेलाई सोध्नुहोस न ।’ तपाईलाई अक्कल विष्टले सिधै आरोप लगाएको विषयमा प्रशन गर्दा यो विषयमा उहाँलाई नै सोध्नुहोस भने ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी