२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीका प्रेस संयोजक चक्र महता रक्सी खाएर गुण्डागर्दीमा उत्रिएका छन् ।
पश्चिम आज डटकमका सम्पादक तथा पत्रकार भुपी उपाध्यायले नगरपालिकाको सरकारी गाडी दुरुपयोगको भिडियो बनाउँदा उनीमाथि दुर्व्यवहार गर्दै प्रेस संयोजक महताले भिडियो ‘डिलिट’ गराएका छन् ।
असार २५ गते राति १० बजे भीमदत्त नगरपालिका–३ भाँसीमा रहेको सोराइ कटेजमा सरकारी गाडीसहित मेयर बोगटी, वडाध्यक्ष गगन धामी र प्रेस संयोजक महता रहेको बेला पत्रकार उपाध्यायले भिडियो खिचेका थिए । रातिको बेला सरकारी गाडी दुरुपयोग गर्दै कटेज गएर रक्सी खाइरहेको बेला पत्रकार उपाध्यायले गाडीको भिडियो खिचेका थिए ।
सरकारी गाडी दुरुपयोग भइरहेको बेला खिचेको भिडियो संयोजक महताले गुण्डागर्दी शैलीमा डिलिट गराएकोप्रति नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको ध्यानाकर्षण भएको छ । जिल्ला शाखाका सचिव राजेन्द्रप्रसाद अवस्थीले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै कानूनी कारवाही गर्न र सुरक्षाको प्रत्याभूति गराउन माग गरेका छन् ।
मेयर बोगटी सहितको टोली रातिको समयमा म१झ १०८ नम्बरको सरकारी गाडीसहित कटेज पुगेको थियो । सञ्चारकर्मीमाथि गुण्डागर्दी शैलीमा व्यवहार गर्नु खेदजनक भएको महासंघले जनाएको छ ।
यस्तै प्रेस चौतारी नेपाल कञ्चनपुर शाखाका अध्यक्ष लक्ष्मण पन्तले प्रेस विज्ञप्ति जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी