२०८१ चैत्र २६, मंगलबार
कञ्चनपुर:
कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका क्षेत्रका ६ निजी मेडिकल(औषधी पसल)मा छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भीमदत्त नगरपालिका ७, १३, १० र १६ चार वडाका ६ मेडिकल (औषधी पसल)मा छापा हानेको हो ।
कञ्चनपुर प्रहरीले आइतबार पत्रकार सम्मेलन मार्फत गैर कानुनी रुपमा औषध बेचबिखन गर्दै आएका औषधी पसलमा कार्बाही गरेको जनाएको छ ।
कञ्चनपुरका प्रहरी प्रमुख कमल थापाले बिना ईजाजत गैर कानुनी रुपमा औषधी बिक्रि वितरण गर्दै आएका निजी औषधी पसलमा छापा हानेको बताए । ‘हामीले अवैध मेडिकल पसलमा छापा हान्यौँ, ‘प्रहरी प्रमुख थापाले भने, ‘चार जना पक्राउ गर्न सफल भए दुई फरार भएका छन, बाँकी औषधी बरामद गरेका छौँ ।’ बेच्न नै नमिल्ने औषधी बेच्नेदेखि फार्मेसी दर्ता नगरेर गैर कानुनी रुपमा औषधी पसल चलाएका रहेछन ।’
प्रहरी प्रमुख थापाका अनुसार पक्राउ पर्नेमा भीमदत्त नगरपालिका ७ हल्दुखालबाट बिमला उपाध्याय, भीनपा १० गड्डाचौकीका सुरेश पाण्डेय, मोहन रोकाया र भीनपा १६ मझ गाँउका राजेन्द्र बहादुर चन्द रहेका छन ।
भीनपा १३ साझा चौराहका राम बहादुर विष्ट र भीनपा १६ बसन्तपुरका बिरेन्द्रराज पन्त फरार रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुले बिना ईजाजत जोखिमपूर्ण औषधी बेचबिखन गर्ने, लागु औषध बेच्ने, फार्मेसी तथा औषधी पसलले चिकित्सकको सिफारिस बिनै औषधी बेचबिखन गरेको आरोप लगाएको छ । ‘पक्राउ परेकामाथि थप अनुसन्धान भईरहेको छ, ‘उनले भने, ‘भागेहरुको समेत खोजिभईरहेको छ ।’ उनीहरु बिरुद्धमा कञ्चनपुर प्रहरी प्रहरीले मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद १९ बमोजिम जोखिमपूर्ण औषधि बिक्री–वितरणविरुद्ध मुद्दा चलाउने जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय