२०८१ चैत्र २५, सोमबार
महेन्द्रनगर:
भिमदत्तनगरपालिको वडा नम्बर १८ पहिलो पटक डिजिटल वडा बन्ने भएको छ ।
१९ वटा वडा रहेको भिमदत्त नगरपालिकामा वडानम्बर १८ लाई पुर्ण रुपमा डिजिटल बनाउने उद्देश्यले सुरु गरिएको यो अभियान सुदुरपश्चिम् प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले अनलाइन पोर्ट्ल क्लिक गरेर उदघाटन गर्नु भएको छ । प्रमुख अतिथी समेत रहनुभएका रावलले सुदुरपश्चिममा पहिलो डिजिटल वडा बनेको उदघोस गरे । प्रबिधिको बिकास संगै जनताले चुस्तदुरुस्तका साथै छिटोछरितो सेवा प्रवाह गर्न डिजिटल प्रणाली आवस्यक रहेको कुरा बताए । भिमदत्तनगरपालिको सबै भन्दा ठूलो वडामा डिजिटल प्रबिधि जडान हुँदा यश वडाका भुमिहिन सुकुम्बासी तथा उपेक्षित वर्गहरुलाइ सहजता हुने बताए ।
जनतालाई सहज र छिटो सेवा प्रवाह हुने भएकाले वडा नम्बर १८ लाई पुर्ण रुपमा कागज रहित वडा बनाउने उदेश्य रहेको वडा अध्यक्ष रबिन्द्र देवकोटाले बताए । जनतालाइ छिटो सेवा प्रवाह गर्न र सहजताका लागि डिजिटल वडा स्थापना गर्न लागेको उनले बताए ।
भिमदत्त नगरपालिकाको वडा नम्बर १८ को आर्थिक सहयोग र निर्वान्स स्टुडियो प्रालीको प्राबिधिक सहयोगमा सेवाग्राहीलाई डिजिटल सेवा दिन प्रबिधि जोड्न थालिएको हो । सहज तरिकाले सेवाग्राहीले घरमै बसेर वडाकार्यालयमा उपलब्ध हुने सेवाहरु लिन सक्ने निर्माण कम्पनीका आइटी इन्जिनियर राज आचार्यले बताए । वडा कार्यालय बाट आवस्यक पर्ने सिफारिस र सबै सूचनाहरु प्रबिधि बाट चल्ने उन्ले बताए ।
झन्डै पाँच सय प्रकारका सेवा उपलब्ध गराउन सक्ने उत्त प्रबिधिमा वडा कार्यालयले आफ्ना वडा भित्र रहेका नागरिकहरुको प्रोफाइल तयार पार्ने काम पहिलो चरणमा राखेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय