२०८१ मंसिर १८, मंगलबार
राहदानी धनी राष्ट्रको सूचीमा नेपाल ९८ औं स्थानमा रहेको छ । ३८ वटा अन्तरदेशीय गन्तव्यमा नेपालीको निःशुल्क पहुँच छ ।
सन् २०२३ का लागि हेन्ले पासपोर्ट इन्डेक्सले विश्वव्यापी राहदानी वरियतामा केही रोचक परिवर्तन ल्याएको छ । पाँच वर्षसम्म शीर्ष स्थानमा रहेको जापानले सिंगापुरलाई उछिनेर अहिले पहिलो स्थानमा उक्लिएको छ । सिङ्गापुरका नागरिकले विश्वका २२७ गन्तव्यमध्ये १९३ गन्तव्यमा प्रवेशाज्ञारहित पहुँचको आनन्द उठाइरहेका छन् ।
आर्टन क्यापिटलले तयार पारेको अर्को राहदानी सूचकाङ्कमा संयुक्त अरब इमिरेट्स (युएई) १८० को भिसा-फ्री/भिसा-अन-अराइभल स्कोरका साथ शीर्ष स्थानमा रहेको छ। जर्मनी, स्वीडेन, फिनल्याण्ड, लक्जमबर्ग, स्पेन, फ्रान्स, इटाली, नेदरल्याण्ड्स, अष्ट्रिया, स्विट्जरल्याण्ड र दक्षिण कोरिया संयुक्त रुपमा दोस्रो स्थानमा छन् ।
सन् २०२३ मा सबैभन्दा राम्रो राहदानी:
१. सिंगापुर (१९२ गन्तव्य)
२. जर्मनी, इटाली, स्पेन (१९० गन्तव्य)
३. अस्ट्रिया, फिनल्याण्ड, फ्रान्स, जापान, लक्जमबर्ग, दक्षिण कोरिया, स्वीडेन (१८९ गन्तव्य)
४. डेनमार्क, आयरल्याण्ड, नेदरल्याण्ड्स, बेलायत (१८८ गन्तव्य)
५. बेल्जियम, चेक रिपब्लिक, माल्टा, न्युजिल्याण्ड, नर्वे, पोर्चुगल, स्विट्जरल्याण्ड (१८७ गन्तव्य)
६. अस्ट्रेलिया, हंगेरी, पोल्याण्ड (१८६ गन्तव्य)
७. क्यानाडा, ग्रीस (१८५ गन्तव्य)
८. लिथुआनिया, संयुक्त राज्य अमेरिका (१८४ गन्तव्य)
९. लातविया, स्लोवाकिया, स्लोवेनिया (१८३ गन्तव्य)
१०. एस्टोनिया, आइसलैंड (१८२ गन्तव्य)
pic online
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी