२०८१ मंसिर १८, मंगलबार
काठमाडौँ:
अर्थ मन्त्रालय सिंहदरबारमा आज आयोजित कार्यक्रममा दुई छुट्टाछुट्टै वित्तिय सम्झौतामा हस्ताक्षर भएको हो । पहिलो सम्झौता विद्यालय शिक्षा क्षेत्र योजना – SESP लाई सहयोग गर्न ‘सबैका लागि गुणस्तरीय शिक्षा’ को लागि ५० मिलियन पाउन्ड स्टर्लिङ (रु. ७.३८ बिलियन बराबर) को अनुदान हो। दोस्रो सम्झौता भनेको ‘जलवायु परिवर्तनका लागि स्थानीय अनुकूलन’ पहलका लागि २२ मिलियन पाउण्ड स्टर्लिङ्ग (रु. ३ अर्ब २५ करोड बराबर) अनुदान हो। ‘सबैका लागि गुणस्तरीय शिक्षा’ ले EU सहित आठ विकास साझेदारहरूद्वारा समर्थित क्षेत्र-व्यापी दृष्टिकोण (SWAp) मा सरकारको विद्यालय शिक्षा क्षेत्र योजनाको कार्यान्वयनलाई समर्थन गर्नेछ। यस सहयोगको समग्र उद्देश्य नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भूमिका खेल्न सक्षम, शिक्षित र सीपयुक्त समाजमा योगदान पुर्याउनु हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा जलवायु परिवर्तनको प्रतिरोधात्मक क्षमतामा उल्लेखनीय वृद्धि गर्न प्राकृतिक स्रोतको दिगोपन र संरक्षणमा सुधार गर्ने समग्र उद्देश्यका साथ ‘जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ शुरु गरिएको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Source:(RSS)
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी