२०८१ मंसिर ८, शनिबार
पुनर्वास:
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर ३ आई.बि.आर.डी. बजारमा अत्याधुनिक सुविधासम्पन्न‘ वर्गर हाउस न्यू लुक्सका साथ सञ्चालनमा ल्याएको छ ।
समयानुसार युवा पुस्ता बिच लोकप्रिय रहेको वर्गरको पुनर्वासमा व्यावसायिक रुपमा वर्गर हाउस नामक रेष्टुरेन्ट सञ्चालनमा ल्याइएको छ ।
स्थानीय युवा सुर्य तामाङले एक करोडको लगानीमा उक्त वर्गर हाउसको औपचारिक रुपमा सञ्चालनमा ल्याएका हुन
पुनर्वास , बेलौरी र बेलडाँडी एरियामा रहेका व्यापारी,मेडिकल, कलेज तथा शैक्षिक संस्थाहरुलाई लक्षित गर्दै ब्यवसायी ,युवा, विद्यार्थी तथा स्वास्थ्कर्मी बिच वातावरण अनुकूल सेवा सुविधा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएको सञ्चालक सुर्य तामाङले जानकारी दिए।
पुनर्वास को मुख्य बजार आई बि आर डीमा केही फरक स्वादका परिकार पस्कने उद्देश्यले रेस्टुरेन्ट खोलेको भन्दै तामाङले इन्डियन, चाइनिज, कन्टिनेन्टल लगायत विभिन्न परिकार का साथमा खाजा घरको नाम नै बर्गर हाउस भएकाले बर्गर हाउस सञ्चालनमा फोकस गरिएको बताए ।
सञ्चालनमा आएको बर्गर हाउसमा आउने ग्राहकले खानाको स्वादसँगै केही बेर आराम पनि महसुस गर्न सक्ने सञ्चालक तामाङले बताए ।
ठूलो लगानीको यो सुविधासम्पन्न र पारिवारिक जमघट गर्न सकिने पुनर्वासको पहिलो फाष्टफुड हाउस हो । वर्गर हाउसमा क्रञ्चि वर्गर, कफि, फाष्टफुडका परिकार सहित अर्डर अनुसारको परिकार पाईनेछ ।एकपटकमा ७० देखि ८० जना सम्मलाई सेवा दिने यस हाउसमा आकर्षक इन्टेरियर, सभाहल एवं रेष्टुरेण्ट एण्ड बार रहेको छ । उनले भने “हाम्रो लक्षित वर्ग युवा हुन्’, ब्राण्ड कन्सियस र गुणस्तरीय सेवा प्रदान गर्न पनि यो रेष्टुरेन्ट खोलेका हौं ।
रेस्टुरेन्टमा स्वादिलो खाना, सरसफाई, आन्तरिक सजावट र पारिवारिक वातावरण रेस्टुरेन्टका लागि अत्यावश्यक भएकाले यी कुरामा ध्यान दिएको र होम डेलिभरीका साथै विभिन्न किसिमका पार्टी तथा गेट टुगेदरका लागि स्पेसको पनि व्यवस्था रहेको सञ्चालक तामाङको भनाई छ।
आगामी दिनहरूमा ग्राहकहरुको सेवा सुविधा तथा आवस्यकता लाई मध्यनजर गर्दै सञ्चालनमा आएको वर्गर हाउसले विभिन्न किसिमका अफर तथा सहुलियतमा फ्रन्चाइ आइटमहरु पर्सल तथा होम डेलिभरि समेत गर्ने वर्गर हाउसका संचालक सुर्य तामाङले जानकारी दिए ।
बर्गर हाउसको उद्घाटन सञ्चालक तामाङकि ९० बर्षीय हजुर आमा कान्छी माया तामाङले रिबन काटेर गरेकी थिइन।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी