२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुर जिल्ला सदरमुकाम महेन्द्रनगर स्तरिय बनाउन एशियाली विकास बैक(एडिबी)ले क्षेत्रीय शहरी विकास आयोजना मार्फत भीमदत्त नगरका सडक र ढलका योजना बनाउन लागेको छ ।
कतियपय स्थानमा सडक र ढल् सहितका योजना निर्माण भईसकेका छन । तर, बजारकै मुटुमा रहेको मदन चोकमा भने मञ्च पुर्व तर्फका २२ सटर हटाउन ढिलाई गर्दा बजार कुरुप बन्दै गएको छ ।
नगर विकास समितिको स्वामित्वमा रहेका २२ सटर भाडामा लिएर स्थानीय ब्यापारीहरु व्यवसाय गरिरहेका छ्न । भीमदत्त नगर विकास समितिले ०७८ साल पुसमा ती सटर खाली गर्न सूचना जारी गरेको थियो ।
भीमदत्त नगरका स्थानीयले सटर खाली गर्न नमानेपछि विकासमा बाधा उत्पन्न भएको छ ।
केही साता अघि भीमदत्त नगरपालिका–४ का वडा अध्यक्ष तथा नगर विकास समितिका सदस्य सुशील भट्टको संयोजकत्वमा ती सटरको बारेमा सुझाव दिन कार्यदल गठन गरिएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष भट्टका अनुसार घर भत्काउने कुरामा ढिलाई हाम्रो तर्फबाट भएको स्विकार्दै अबको केही दिनमै भत्काउने उनले बताए । निवर्तमान नगर कार्यसमितिले अन्तिम ३० दिने सूचना जारी गरेको पनि एक वर्ष पूरा भयो तर समस्या उस्तै छ ।
आफ्नो कार्यदलले नगर प्रमुखलाई पप्रतिबेदन बुझाएको पनि एक महिना भैसकेको उनले बताए । प्रतिबेदन बुझाइसकेको छौँ प्रतिबेदन उपर नगर कार्यापालिका तथा नगर बिकासमा केही छलफल न भएपछि अब यो बिषयमा बैठक बसाई प्रक्रिया अगाडी बढ्ने छु उनले भने अबको तीन चार दिन भित्र नगर बिकासको बैठक राख्ने र छिटै प्रक्रिया अगाडी बढ्ने उनले बताए ।
नगर बिकासका सटरमा व्यवसाय गरेर बसिरहेका व्यवसायी र कञ्चनपुर उद्योग वाणिज्य संघले ‘व्यवस्थापन’को माग गरेपछि प्रक्रिया अगाडि बढ्न नसकेको स्थानीय ब्यबसायी बताउछ्न । नगर विकास समिति आफैले निर्माण गरी भाडामा लगाएका २२ सटर नभत्काए बसपार्क देखि ओपेरा सडक सम्म समानान्तर र ओपेरा रोड देखि मदनचोक सम्म साँघुरो भै कुरुप बन्ने भएको छ ।भीमदत्त नगरका मेयर पदम बोगटीले प्रकृया अघि बढिरहेको बताए । मेयर बोगटीले उक्त सडककमा पर्ने सटर भत्काएर विकास निर्माण काम अघि बढाउने बताएका छन । र अरु बिसय मा भोलि कुरा गर्ने बताय ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी