२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरको राजनीतिका दुई हस्ती एनपी सावद र रमेश लेखक जरिवानामा परेका छन् ।
सुशासनको नारा लगाएर नथाक्ने नेपाली कांग्रेसका यी दुई नेता निर्वाचनमा भएको खर्चको विवरण निर्वाचन आयोगमा समयभित्रै पेश नगरेपछि १५ हजार रुपैयाँ जरिवानामा परेका हुन् ।
सावद गत आमनिर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर २ र लेखक क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए ।
अहिले सावद परराष्ट्र मन्त्री छन् भने लेखक नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक छन् ।
उनीहरुले आयोगले तोकेको समयमा निर्वाचन खर्च नबुझाएपछि जरिवानामा परेका आयोगद्वारा जारी सार्वजनिक सूचनामा जनाइएको छ ।
मंगलबार आयोगले सूची सार्वजनिक गर्दै सावद र लेखकसहित प्रतिनिधिसभा र प्रदेशसभातर्फ गरी २ हजार ४ सय ३५ जनालाई आयोगले जनही १५ हजारका दरले जरिवाना तिर्न निर्देशन दिएको छ ।
साथै, सात दिनभित्र खर्च विवरण सार्वजनिक गरी आयोगलाई जानकारी नगराए कानुन बमोजिम हुने पनि आयोगले जनाएको छ ।
अब सावद र लेखकले प्रमाणसहित खर्च विवरण आयोगमा बुझाउनु पर्नेछ ।
यी दुई नेताले बुझाएको विवरणमाथि उजुरी दिन सक्ने कानुनी व्यवस्था पनि छ । प्रमाणमा त्रुटी भएको प्रमाणित भएमा उनीहरुको सांसद पद वर्खास्त हुन सक्छ ।
नेपाली कांग्रेसका एक जिल्ला नेताका अनुसार शतप्रतिशत वास्तविक प्रमाणका साथ सावद र लेखकले प्रमाण पेश गर्ने सम्भावना छैन ।
साभार:मानसखण्ड
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी