२०८१ मंसिर ९, आईतबार
काठमाडौं:सरकारले देशभर फैलिएको छाला रोग नियन्त्रण गर्न ३ दिनभित्र कार्ययोजना बनाउने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको केन्द्रीय अनुगमन समितिको बैठकले निजी क्षेत्रलगायत तीन तहका सरकारको समन्वयमा कार्ययोजना बनाउने निर्णय गरेको हो ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका एक अधिकारीका अनुसार केन्द्रीय अनुगमन समितिले पनि लम्पी छाला रोगविरुद्धको खोप व्यवस्थापनलाई उच्च प्राथमिकता दिने निर्णय गरेको छ । यस्तो कामको नेतृत्व कृषि मन्त्रालयले गर्नेछ । लम्पीको संक्रमणका कारण बाछो, गर्भवती र स्तनपान गराउने जनावर मर्ने क्रम रोकिएको छैन । लम्पी छाला रोग पहिलो पटक सन् १९२९ मा अफ्रिकी देश जाम्बियामा देखिएको थियो। त्यसपछि यो रोग अन्य देशहरूमा फैलियो। पशु सेवा विभागका अनुसार नेपालको मोरङ जिल्लामा २०७७ साउन २२ गते पहिलो पटक लम्पी छाला रोग पुष्टि भएको थियो । अहिले यो रोगले महामारीको रुप लिएको छ । गाईमा रहेको लामखुट्टे, कीरा, झिंगा आदिको टोकाइबाट र पशु उपचारका क्रममा सोही सुईको प्रयोगबाट पनि यो रोग सर्ने पशु चिकित्सक बताउँछन् । लम्पी छाला रोगबाट संक्रमित गाईवस्तुले दूध गुमाउनु, छालामा गाँठो देखिनु, नाक र मुखमा घाउ हुनु, उच्च ज्वरो आउनु र आँखा र नाकबाट लगातार पानी बग्नु देखिन्छ। जनावरहरू मर्छन् समयमा उपचार भएन भने। लम्पी छाला जनावरबाट मानिसमा सरेको पुष्टि भएको छैन। २०१७ मा प्रकाशित FAO को रिपोर्ट मा, यो कुनै lumpy छाला रोग (जुनोटिक रोग) छैन उल्लेख गरिएको थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी