२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनले नेपालबाट तालिमप्राप्त मात्रैलाई मलेसियामा रोजगारी दिने सम्झौता कुटनीतिक मार्यादा विपरित रहेको जनाएको छ ।
लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसन काठमाण्डौँले एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालबाट तालिमप्राप्त मात्रैलाई मलेसियामा रोजगारी दिने सम्झौता कुटनीतिक मार्यादा विपरित रहेको जनाएको हो ।
विज्ञप्तीमा मलेसिया कामदार पठाउन नेपालका सिमित ब्याबसायीहरु बाट मात्रै कामदार लिन त्यहाको गृह मन्त्रालयलाइ लबिङ गरेको भन्ने संचार माध्यम आएकोले यस बिषयमा दूतावासले प्रष्ट पार्न यस लोकतान्त्रिक एसोसिएसन जोडदार माग गरेको छ ।
‘नेपाल र मित्र राष्ट्र मलेसियाको दौत्य सम्बन्ध कायम भैइ असल मित्र राष्ट्रको रुपमा स्थापित छ। नेपाली श्रमिकहरुको महत्त्वपूर्ण रोजगार गन्तब्य मलेसियामा ६ लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन, ‘विज्ञप्तीमा भनिएको छ, ‘श्रमिकहरुको सुरक्षा, रोजगारी, सेवा सुबिधा लगाएतका बिषयमा दुइ देश बीच श्रम सम्झौता मार्फत श्रमिकको सुरक्षामा बिशेष ध्यान दिएर दुई देशको मित्रताले अझ उचाइ लिएको छ ।’
दैत्य समन्ध र श्रमिकको हकहितमा काम गर्ने मलेशिया स्थित नेपाली दूतावास र महामहिम राजदुतज्युको बिषयमा विभिन्न संचार माध्यम आएका समाचारका प्रति नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी एसोसिएसनको गम्भीर ध्यानाकर्षण भएको छ। मलेसिया दूतावासबाट हुने मागपत्र प्रमाणिकरण ढिलासुस्ती र श्रमिकहरु अप्ठ्यारो परेको बिषयमा महामहिम राजदूतज्यु र राजदुतवास प्रति प्रश्न उठ्नु गम्भीर बिषय भएको जनाएको छ ।
नेपालमा मलेसियाको कम्पनी खडा गरि अनिवार्य तालिम लिएर मात्रै मलेशिया जान पाउने गरि नेपाली दूतावासले त्यहाको गृहमन्त्रालयलाई प्रस्ताव गरेको भन्ने बिषय गम्भीर र कुटनैतिक मर्यादा बिपरित ठहर्छ साथै मलेसिया कामदार पठाउन नेपालका सिमित ब्याबसायीहरु बाट मात्रै कामदार लिन त्यहाको गृह मन्त्रालयलाइ लबिङ गरेको भन्ने संचार माध्यम आएकोले यस बिषयमा दूतावासले प्रष्ट पार्न यस लोकतान्त्रिक एसोसिएसन जोडदार माग गर्दछ।
जुनसुकै प्रकारका नाममा खडा गरिने एकाधिकारको यस लोकतान्त्रिक एसोसिएसनले बिरोध गर्ने र यस्ता खाले सिन्डिकेट बिरुद्ध कडा प्रतिवाद गर्ने यसै बिज्ञप्ती बाट जानकारी गराउदछौ। लोकतान्त्रिक एसोसिएसन खुल्ला, पारदर्शि र प्रतिष्पर्धात्मक व्यवसायमा बिश्वस गर्ने भएको हुदाँ नेपाल सरकारबाट इजाजतपत्रवाला सम्पूर्ण व्यवसायीहरुले स्वच्छ पुर्ण प्रतिस्पर्धाको माध्यम बाट व्यवसाय गर्न पाउनु पर्ने मान्यता राख्दछ । सिमित ब्यक्तिरसस्था र ब्यक्तिगत फाइदा लिन एकाधिकार लागु गर्न खोज्ने जोसुकै बिरुद्ध कडा प्रतिकार गर्ने र त्यस्ता यस्तो काम गर्ने मलेसिया स्थित नेपाली राजदूतावासमा कार्यरत राजदुत त्यो काममा राजदुतलाई सहयोग गर्ने उक्त दूतावासका कर्मचारीहरुलाई तत्काल नेपाल फिर्ता गरि कानुनी कार्वाही गर्ने समेत नेपाल सरकार समक्ष जोड्दार माग गर्दछौ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार ब्यवसायी एसोसिएसनका अध्यक्ष कुमुद खनाल र का. महासचिव लक्ष्मण पौडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा गैरकानुनी कार्यमा सङ्लन ब्यक्तिर संस्थालाई कानुनी कारवाहि गर्न नेपाल लोकतान्त्रिक बैदेशिक रोजगार व्यवसायी एसोसिएसनले नेपाल सरकार, गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय नेपाल वैदेशिक रोजगार ब्यवसायी संघ , सम्पुर्ण घटक सस्थाहरु साथै यस संग सम्वन्धित सवै निकायमा जोडदार माग गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी