२०८१ मंसिर ८, शनिबार
दोधारा । दोधारा चाँदनी नगरपालिकाका वडाध्यक्ष ओंम बस्नेतले बिद्यालयको शैक्षिक सुधारको लागी ८८ जना बिद्यार्थीलाई पोशाक बितरण गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ मा रहेको कमलशा आधारभुत बिद्यालयका ८८ जना बिद्यार्थीलाई पोशाक बितरण गरेको कमलशा आधारभुत बिद्यालयका प्रधानध्यापक मदनराज कलौनीले जानकारी दिएका छन् । प्रधानध्यापक कलौनी अनुसार बालबिकास कक्षा देखि कक्षा ५ सम्मका ८८ जना बिद्यार्थीलाई जुत्ता र पोशाक बितरण गरेका जानकारी दिएका छन् । ७८ जना बिद्यार्थीलाई जुत्ता र १० जना बिपन्न तथा जेहेन्दार बिद्यार्थीलाई बिद्यालय पोशाक बितरण गरिको प्रधानध्यापक कलौनीले बताए । आर्थिक अभावले पोशाक खरिद गर्न नसक्ने बिपन्न तथा गरिब बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको बताईएको छ् । बिद्यालयमा एक कार्यक्रमको बिच बिद्यालयमा पोशाक बितरण गरिएको हो । पोशाक बितरणमा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेत, बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत ओझा, सामाजसेवी बिनोद चौधरी तथा अभिभावक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । बितरण कार्यक्रममा कमलाशा आधारभुत बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत ओझाले वडाध्यक्षको पहलमा अनुरुप बिद्यार्थीहरुलाई पोशाक बितरण गरिएको बताएका छन् । बिद्यालयको शैक्षिक बिकासमा रुची भएका वडाध्यक्ष बस्नेतकै कारण पहिलेको बिद्यालय र हालको बिद्यालयको शैक्षिक बिकासमा निकै प्रगती भएको भन्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत ओझाले खुशी ब्यक्त गरेका थिए । अभिभावकहरु समेत वडाध्यक्ष ओंम बस्नेतले गर्दै आएको शैक्षिक सुधारको बारेमा प्रशंसा गरेका छन् । दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले आफ्नो वडामा रहेको भानु माध्यमिक बिद्यालय र कमलशा आधारभुत बिद्यालयलाई नमुना बिद्यालयकोरुपमा चिनाउने प्रतिबद्धता जाहेर गरेका छन् । आफु शैक्षिक बिकासमा रुची राख्ने ब्यक्ती भएको हुदा आफ्नो कार्यकालमा शैक्षिक क्षेत्रलाई माथी उकास्न प्रमुख आफ्नो चुनावी एजेण्डा रहेको उनले बताएका छन् । अभिभावकहरुले आफ्नो बालबालिकाको शैक्षिक अवस्थाको बारेमा ख्याल राख्न वडाध्यक्ष बस्नेतनले अनुरोध गरेका छन् । शैक्षिक बिकासले समग्र बिकास गर्ने भएको हुदा आ–आफ्ना बालबालिकाका शैक्षिक सुधारमा सबै गम्भिर हुनु पर्नेमा दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले जोड दिएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी