२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरको मध्य भूगोलमा रहेको कलुवापुर बजारमा रहेको डुवान समस्या समाधान गरिएको छ । भने सडकको क्षेत्राधिकारमा रहेको अतिक्रमिकत सार्वजनिक जमिन खाली गराउने काम शुरु गरिएको छ ।
शुक्लाफाँटा नगरपालिका ११ कलुवापुर बजारमा रहेको डुवान समस्यालाई नाला खोलेर निकास गरिएको छ, भने अतिक्रमित जमिन पनि खाली गराउने काम शुरु गरिएको छ ।
शुक्लाफाँटा नगरका प्रमुख रण बहादुर महरा, १ का वडाध्यक्ष उत्तरदेव भट्ट, ८का वडाध्यक्ष बहादुर सिह महरा, ९का वडाध्यक्ष रमेश ऐर सहितको जनप्रतिनिधी कर्मचारीको टोलीले जाम लागेको ढल खोलेर पानीको निकास गरेसंगै डुवान समस्या समाधान गरिएको छ ।
शुक्लाफाँटा नगरका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रशाद भट्टले मेयर महरा नेतृत्वमा गएको टोलीले ढल निकास गरेर डुवान समस्या समाधान गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत भट्टले डोजर मार्फत ढल खोलेर डुवानमा रहेको बजारको समस्या समाधान गरिएको बताए । ‘नगरपालिकाले डुवान समस्या समधानका साथै सार्वजनिक जमिन अतिक्रमण गरेर राखिएको खोकाछाप्रा सहित केही संरचना हटाईएको छ, ‘उनले भने, ‘फेरी पालिकाले अन्तिम पटकका लागि तीन दिने म्याद दिएको छ, उक्त समयमा सम्बन्धीत संरचना धनीले आफुले निर्माण गरेरको संरचना नहटाए पालिका कानुन कार्यान्वयन तहमा जान्छ ।’ ढल निकासदेखि अतिक्रमित सार्वजनिक क्षेत्र खाली गराउन मेयर महरा आफै डोजर लगेर फिल्डमा खटिएपछि स्थानीयले सुशासनको आशा पलाएको अनुभव व्यक्त गरेका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी