२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
अबिरल रुपमा परिरहेको बर्षातका कारण कञ्चनपुरको बेदकोट नगरपालिका क्षेत्रमा रहेका स्थानीय किशान, धार्मिक, प्रशासनिक सहितका संरचना भत्काउन थालेपनि नेकपा माओवादी केन्द्रले अनुगमन गरेको छ ।
बिहीबार नेकपा माओवादी केन्द्र बेदकोट नगरले नगर क्षेत्रमा रहेको वाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेका छन । माओवादी केन्द्र बेदकोट नगरका इन्चार्ज गणेश विक(कुुसल), नगर अध्यक्ष लाल परियार सहितका नेता कार्यकर्ताहरुले वाढी प्रभावित क्षेत्रको अनुगमन गर्दै समयमै बलियो तटबन्ध निर्माणदेखि विपद जोखिम न्यूनिकरणका कार्यक्रम ल्याउन जोड दिएका छन ।
नेकपा माओवादी केन्द्र बेदकोट नगरका युवा नेता दल बहादुर धामी(अग्नी)ले पार्टी नगर कमिटिले वाढी प्रभावित वाढीबाट क्षति भएका क्षेत्रको स्थलगत अनुगमन गरेर चुरेदेखि निकुञ्जसम्म रहेका नदीखोला नालामा बलियो तटबन्ध निर्माणका योजना ल्याएर जनतालाई सुरक्षित बनाउनुपर्ने सुझाव दिएका छन । ‘हामीले विगतका बर्षदेखि विपद् जोखिम न्यूनिकरणका लागि पटक पटक स्थानीय सरकारलाई सुझाव, प्रदेश र संघीय सरकारसंग माग गर्दै आएका छौँ, ‘उनले भने, ‘पाटीको मागप्रति स्थानीयदेखि प्रदेश, केन्द्र सरकार गम्भिर हुनुपर्छ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी