२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
महाकाली सिँचाई व्यवस्थापन कार्यालयका संरचनाले जनतालाई सुविधा भन्दा पनि जोखिम बढाएको छ । महाकाली सिँचाई व्यवस्थापन कार्यालयले भीमदत्त नगरपालिका १भाँसी स्थित मुल नहरमा निर्माण गरेको ‘पुल भूमिगत पानीपास’ संरचनाले जनतालाई जोखिम बढाएको हो । भीमदत्त १को भाँसीदेखि उत्तरी भेगका जनताका लागि पुल र वाटरअण्डरपास गलपासो बनेको छ । त्यहाँ रहेको जाली समेत टुटेपछि सिँचाईले पुर्ननिर्माण गरेको छैन । भीमदत्त नगरपालिका १ का वडाध्यक्ष आसेफ कुँवर(भुन्टु)ले सिँचाईका कारण भीनपा १ का जनता मारमा परेको बताए ।
‘सिँचाईले जनताका लागि पासो थापेको हो, हिड्डुल गर्दा ५, ७ जनताले अकालमै ज्यान गुमाए, पुलबाट खसेको जिउँदै मान्छे पारी पुगेर मृत भएर आउँछ ।’ वडाले पुल मर्मतका लागि योजना ल्याउँदा सिँचाईले अवरोध गर्दै आएको वडाध्यक्ष कुँवरले बताए । ‘पहिले त्यही नजिक कल्र्भट बनाउँदा मुद्दा खेप्नु परेको थियो, ‘उनले भने, ‘अहिले जनताले ज्यान गुमाउने स्थलमा संरचना बनाउँन खोज्दा सडक निर्माणमा समेत सिँचाईको अवरोध छ ।’ यो सिँचाईले के रबैया गर्न खोजेको भन्दै वडाध्यक्षले प्रशन गरेका छन । सिँचाईका कर्मचारीले हरेक योजनाबाट मोटो रकम कमिसन लिने भएकाले वडाबाट उक्त संरचना निर्माण हुँदा कमिसन नपाईने भएपछि अवरोध गर्दै आएको स्थानीय जनताको आरोप छ । स्थानीय देवदत्त जोशीले सिँचाईले लार्पबाहीले जनताले अकालमै ज्यान गुमाएको बताए ।
अर्का स्थानीय मोतिलाल शर्माले वडाबाट कल्र्भट बनाउँदा समेत सिँचाईको अवरोध भयो, त्यही कल्र्भटले आवत जावतमा सहज भएको छ । विद्यार्थी राखी लुहारले पहिले भन्दा अहिले सुुधार भएको बताए । उनले वडाबाट नहर नजिकै कल्र्भट निर्माण भएपछि अहिले सहज भएको बताए । महाकाली सिँचाई व्यवस्थापन कार्यालय कञ्चनपुरका प्रमुख तारा प्रशाद भट्टले नहर भत्काएर संरचना बनाउन नहुने बताए । मुल नहर समितिबाट प्रस्ताव आए बनाउन दिने बताए । ‘हामीलाई समितिबाट प्रस्ताव आए हामीले काम अघि बढाउँछौँ, ‘उनले भने, ‘वडाध्यक्ष कहिल्यै सो विषय लिएर आएनन ।’ पासो थापेको विषय नभई सम्बन्धीत क्षेत्रबाट माग अघि हामीले देखिएको समस्या समाधान तर्फ लाग्ने बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी