२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
नेकपा एमाले कञ्चनपुरका युवा नेता एव पाटी जिल्ला सदस्य राधाकृष्ण जोशी(ज्वाला)ले आफुले कुनै गल्ती नगरेपनि पाटीबाट निष्कासन गरिएको विषयमा आफु अचम्मित भएको बताएका छन ।
समाजिक सञ्जाल मार्फत एमाले कञ्चनपुरका युवा नेता एव पाटी जिल्ला सदस्य राधाकृष्ण जोशी(ज्वाला)ले आफुले कुनै गल्ती नगरेपनि पाटीबाट निष्कासन गरिएको विषयमा आफु अचम्मित भएको बताएका हुन । २७ साउन पाटी निकट राष्ट्रिय युवा संगठन कञ्चनपुरको अधिवेशनमा पाटी जिल्ला सदस्य, भीनपा १८ वडाध्यक्ष निर्वाचन मण्डलका सदस्य रविन्द्र प्रशाद देवकोटामाथि कुटपिट गरिएको घटनामा संलग्न भन्दै जिल्ला सदस्य जोशी सहित सात जनालाई पाटीले कार्बाही गरेको विज्ञप्ती सार्वजनिक गरेकै दिन नेता जोशीले समाजिक सञ्जाल फेसबुक मार्फत आफुले कुनै गल्ती नगरेपनि पाटीबाट निष्कासन गरिएको विषयमा आफु अचम्मित भएको बताएका छन ।
नेता जोशीले जिल्ला स्तरका जिम्मेबार पाटीका नेताहरुलाई लक्षित गरेर रातो पार्सपोट काण्ड, पेस्तोलकाण्ड, मिटरब्याजी, नक्कली सर्टिफिकेट, किर्ते गरेर जमिन लिने, योजना हालेर कमिसन खाने, भ्रष्टाचार नैतिकता र नियत पतन भएकाहरुले आफुमाथि पूवाग्रही राखेर कार्बाही गरेको संज्ञा दिएका छन ।
उक्त संघिन आरोपको जवाफ दिन तयारी गर्नु तर आत्महत्या भने नगर्नु भन्दै प्रशन गरेका छन । आजलाई यत्री भन्दै शुभरात्री भनेका छन । माओवादीबाट एमालेमा गएका जोशीले उक्त प्रकरणमा संलग्न नभएपनि राजनीतिक प्रतिशोध साँधेर बदनाम गराउन समेत कार्बाही गरेको भन्दै एमाले केही नेता कार्यकर्ता असन्तुष्ट भएका छन । एक एमाले नेताले एमाले संकटमा पर्दा एमाले हुँ भन्नेहरु समाजवादीतिर गए, कोइ स्वतन्त्र भयर बसे अनि माओवादीकै भएपनि ज्वाला जस्ता योद्दाहरुले पार्टी जोगाएको भन्दै अहिले तिनै नेतामाथि एमाले मुलधार भनिएका नेताहरु पछिल्ला दिनमा माओवादीबाट आएको भन्दै पूवाग्रही भएर हिडेको देख्दा दुख लागेको छ । पाटीकै नेताले लडाउने, अनि भारत घुम्न जाने अहिले आएर कसैलाई काखा कसैलाई पाखा लगाउने काम गरेको भन्दै एमाले कञ्चनपुरमा विवाद उत्पन्न भएको छ । एक समुहले घटनालाई अतिरञ्जित गर्दै पाटी कायर्लादेखि वडाकार्यालयसम्म तालाबन्न्दी, मिडियाबाजी गरेर हिडिरहेको भन्दै त्यसले पाटीलाई लाभ भन्दा क्षति हुने भनाई छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी