२०८१ मंसिर ८, शनिबार
कंचनपुर : भीमदत्त नगरपालिका ८ अध्यक्षले २४ सै घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका छन्। बुधबार एक कार्यक्रमका विच अध्यक्ष मदनराज मिश्रले वडा ८ का लागि निःशुल्क एम्बुलेन्स सेवा दिने घोषणा गरेका हुन्।
वडा ८ भित्र गरिब, असहाय, प्रसुती सेवा लिने महिला, अपांगता भएका, जेष्ठ नागरिक र आकस्मिक सेवाका विरामीलाई घरदेखि अस्पतालसम्म पुर्याउन आजदेखि निःशुल्क एम्बुलेन्स सेवा सुरु गरिएको हो ।
निःशुल्क एम्बुलेन्स सेवा सुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष मदनराज मिश्र ले विरामीहरुको अस्पतालसम्म सरल र सहज पहुँचका लागि निःशुल्क एम्बुलेन्स सेवा संचालन गरिएको बताउनुभयो । “अस्पतालसम्म पुग्न विरामीले कुनै कठिनाई भोग्न नपरोस् भन्ने उद्देश्य हो, स्थानीय वडा सरकार जनताको सुखदुःखमा संगसंगै हुनुपर्दछ भन्ने हाम्रो मान्यता हो,” उहाँले भन्नुभयो–ूचौबिसै घण्टा वडाको कार्यालयभित्र एम्बुलेन्स स्ट्याण्डबाई रहन्छन्, हामीले प्रदान गरेको मोबाइल नम्बरमा सम्पर्क गरेपछि विरामीलाई समयमै अस्पताल पुर्याउने व्यवस्था गरेका छौँ ।
आकस्मिक विरामीहरुको सहजताका लागि एम्बुलेन्स सेवा प्रभावकारी हुने बत र निःशुल्क एम्बुलेन्स सेवाले वडावासी लाभान्वित हुने बताउनुभयो ।
भीमदत्त नगरका समाजिक विकास संयोजक शुशिल भट्टले वडाबाट बिरामीका लागि निःशुल्क अस्पताल पुयाउने कार्य सरानिय भएको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य संघका सचिव राहुल भट्टले वडाका जनताका लागि एम्बुलेन्स सेवाले जनता लाभान्वित हुने बताए । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले स्थानीय सरकारबाट जनताको स्वाथ्य सेवाका लागि एम्बुलेन्स संचालन कार्य सरानिय भएको बताए । एम्बुलेन्स हस्तान्रतण कार्यक्रममा प्रमुख अतिथि समेत रहेका उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले प्रभावकारी संचालनमा सुझाव दिए ।
भीमदत्त नगरपालिका ८का वडा सचिव हरि प्रशाद मिश्रले संचालन गरेको कार्यक्तममा वाणिज्य संघका कार्यकारी अधिकृत हेमराज भट्ट, सदस्य रामचन्द्र बुडा, रदिप पाल सहित वडाका विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता पुर्व जनप्रतिनिधी सहितको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी