२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर:
कञ्चनपुरमा डेंङुको जोखिम बढेको छ । जिल्लामा एक महिनामै डेगुंको संख्या दोब्बर पुगेको छ ।
जिल्लाभरमै गत साउन महिनामा ४५ जना डेंगुंका बिरामी रहेका थिए भने भाद्र महिना यो संख्या दोब्बर पुगेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरको अभिलेख अनुसार भाद्र महिनामा मात्रै ८२ जना गरि जम्मा एक सय २६ जना पुगेका छ्न भने दुई जना बिरामिको मृत्यु समेत भएको छ ।
कञ्चनपुरको भिमदत्त नगरपालिकामा ९३ जना बिरामीमा डेंगु देखा परेको छ । एकएक दोब्बर संख्यामा बिरामिमा संक्रमित बनिरहदा भिमदत्त नगरपालिका कार्यालय भने कानमा तेल हालेर बसिरहेको छ । नगरलेहाल सम्म केही नगरेको र अब थाल्ने भन्दै पन्छिन थालेको छ । “अब वडा वडामा सचेतता चलाउदै छौ नगर प्रवत्ता महेन्द्र खड्काले बताए ।” उनले भने नगरले अब प्रहरिको सहयोगमा सुचना प्रवाह तथा सचेतना अभियान चलाइने बताए ।
दैनिक जसो बिरामी बढ्न थालेपछी मुखदर्शक बनेको नगरको कार्यालयका नगर स्वास्थ चौकीहरुलाइ भने यो बारेमा कुनै जानकारी न आएको बताउछ्न ।
उता जिल्ला स्वास्थ्य कार्यालयाले भने केही काम थालेको छ । दैनिक जसो बिरामी बढ्न थाले पछि जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले डेंगु परिक्षण कीट हरेक पालिकाहरुलाइ दिन थालेको जिल्ला जन स्वास्थ अधिकृत दया कृष्ण पन्तले बताए । उनले भने “हामिले कञ्चनपुरको भिमदत्तनगरपालिकाका १९ बटै वडा कार्यालयहरुमा जनचेतनामूलक कार्यक्रमहरु सुरु गरेको छौ ।”
जिल्लाका हरेक पालिका र प्राथमिक स्वास्थ चौकीहरुलाइ तत्काल उपचार तथा परामर्श सहित सजक रहन आग्रह गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी