२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । पछिल्लो समयका चर्चित गजल/गीत ‘के लत बस्यो’, ‘हेर दिन ढल्यो’ का गायक तथा संगीतकार तिलकसिंह पेलाको आवाजमा अर्को नयाँ गीत आउने भएको छ ।
गीतकार हेमन्त विवशको रचना र पेलाको आवाजमा ‘देउसरा आईगै’ बोलको गीत ४ असोजमा सार्वजनिक गरिने भएको हो । गीतलाई आवाज दिनुका साथै लयवद्ध पनि पेलाले नै गरेका हुन् ।
गीतको भिडियोमा मानसखण्डीय भाषा, संस्कृति, परम्परा एवम् सभ्यतासम्बन्धी विभिन्न दृष्य (हुड्केली, ठाडोखेल, छलिया नृत्य, होली, धामी कामेको आदि) समावेश गरिएको गायक पेलाले जानकारी दिए ।
उनका अनुसार, मानसखण्डीय सभ्यताले हाल भारतको गढवाल, कुमाउँदेखि काली कर्णालीको उद्गम मानसरोवरसम्मको कला संस्कृति, परम्परालाई जनाउँछ । ‘मानसखण्डीय सभ्यता अत्यन्त बृहत् एवम् विशेष छ ।
माथि उल्लेख गरिएको सांस्कृतिक परम्पराभन्दा पनि अझै धेरै विशाल विषय वस्तुहरू प्रचलनमा रहीआएका छन् । एउटा ५/७ मिनेटको म्युजिक भिडियोमा ती सम्पूर्ण परम्परागत दृष्यहरू समावेश गर्न असम्भव भएको हुँदा तीमध्येका केही विशेष दृष्यहरू मात्र समावेश गरिएको छ’, उनले भने ।
म्युजिक भिडियो तिलकसिंह पेलाको आफ्नै युट्युब च्यानलमा २१ सेप्टेम्बरमा रिलिज हुने छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी