२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर:
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सुरु गरेको बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका र भारत बाट भान्सार छलि गरि ल्यायका सामान बरामद गरिएको छ ।
सरोकारवाला निकायसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बजार अनुगमन थालेको हो । भिमदत्त नगरपालिका–४ र ६ मा रहेका किराना,होटेल तथा खाद्यान्न पसलमा अनुगमन गर्दा विभिन्न पसलबाट म्याद नाघेको मह, बिस्कुट, खानेतेललगायत सामान भेटियकोछ ।
पाठक दुध दही खरीद विक्री पसल,लामा नास्ता पसला,न्यू अपि भण्डार,के. पी. किराना स्टोर,न्यू भाट किराना पसल,प्रेन्सी किराना पसल, न्यू शुभम खाद्य स्टोर,न्यू हेमन्त किराना पसन र होटल ओपेरामा अनुगमन गर्ने क्रममा धेरैजसो पसलमा व्यवसाय अनुमतिपत्र नलिई सञ्चालन गरेको, मूल्यसूची नराखेको, पसलको बोर्ड नराखिएको, म्याद गुज्रेको सामान, लिकेज ब्रेकेज सामान राख्ने ठाउँ नराखिएको पाइएको छ ।
आम उपभोक्ताले म्याद गएका सामान प्रयोग नगरुन र कानुनी दायरा भन्दा बाहिर रहेका व्यवसायहरु कानुनी दाइरामा आउन भन्ने उदेश्यका साथ अनुगम गरिएको हो ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बाट सरीता देवी पन्थी,खाद्य प्रविधि तथा गुण नियन्त्रण का.धनगढी बाट सरोज पौडेल , जिल्ला प्रशासन कार्यालय कञ्चनपुर बाट देवराम कोलि , प्रशासन बाटै पुष्पराज,प्रहरी र विभिन्न मिडिया बाट पत्रकारहरु को सहभागीतामा गरिको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी