२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर:
प्रथम श्री शारिरीक सुगठनको उपाधी बिजेता महेन्द्रनगरका सुनिल चन्दलाई सोमबार गृहनगरमा सम्मान एवं बधाई ज्ञापन गरिएको छ ।
सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शनिबार धनगढीमा सम्पन्न प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ लक्ष्मीदत्त पन्तले उपाधि जितेका थिए ।
उपाधी बिजेताद्धय चन्द र पन्तलाई महेन्द्रनगरस्थित रोयल व्यामशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।
सम्मान समारोहमा महेन्द्रनगरका युवा व्यवसायी मदन भट्ट, राससका कार्यालय प्रमुख शेरबहादुर सिंह, व्यायमशालाका सञ्चालक किशन चन्द लगायत व्यामशालामा आवद्ध सदस्यहरु सहभागी थिए ।
उपाधी बिजेता चन्दले यसअघि पनि राष्ट्रिय स्तरमा शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् ।
रोयल व्यामशालाका सञ्चालक समितिका सदस्य समेत रहेका चन्द शारिरीक सुगठनका मेहनती र अनुशासित खेलाडीका रुपमा समेत यहाँ परिचित छन् ।
प्रतियोगिताका दुवै विधाका विजेतालाई जनही नगद २५ हजारसहित ट्रफी र मेडलबाट प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले पुरस्कृत गरेका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी