२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर:
कञ्चनपुरमा जुवा खालबाटै पक्राउ परेका आठै जनाको पहिचान खुलेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एक नायब निरीक्षक (सई) सहित जुवाखालबाट आठ जना पक्राउ परेका हुन् ।
भीमदत्त नगरपालिका–७ हल्दुखालस्थित खोला किनारमा जुवातास खेलिरहेको अवस्थामा लागुऔषध नियन्त्रण ब्यूरो महेन्द्रनगरमा कार्यरत सई पदम थापा सहित आठ जना पक्राउ परेका हुन् ।
थापा, पारस भट्ट, सञ्जय विष्ट, भक्तबहादुर धामी, जयबहादुर बोहरा, किसी ठाकुर, डम्बर कुँवर र नरेन्द्र पाण्डे पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी गराएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले १ लाख १४ हजार १ सय १० रुपैँया नगद, १ गड्डी तास, ६ थान मोटरसाइकल र स्कुटी १ थान सहित उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका थापालाई निलम्बन गर्ने तयारी भइरहेको बुझिएको छ । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा राम्रो काम गरेपछि थापाको बढुवा भएको थियो । दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी २०७७ माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी