२०८१ मंसिर ७, शुक्रबार
कञ्चनपुर:
कञ्चनपुरका एक युवक भीमदत्त नगरपालिका कार्यालयमा धर्नामा बसेका छन । भीमदत्तनगरपालिका ५ सुकासालका स्थानीय राजुसिह खडका नगरपालिका कार्यालयमा धर्नामा बसेका हुन । बिहीबारदेखि खडका नगरपालिका मुलद्वारमै धर्नामा बसेका छन ।
मानिसले उपभोग गर्ने खाने परिकारमा विषादी भएकाले उक्त विवादी हटाउँदै जैविक बस्तु उत्पादन उपभोगको माग अघि सारेर धर्नामा सबेका हुन । राजुसिह खडकाले चुनावका बेला जनप्रतिनिधीले जनतासंग गरेका बाचा पुरा गर्नुको साटो जनताका आधारभूत आवश्यकता लत्याउँदै कमाधन्दामा लागेको आरोप लगाएका छन ।
‘जितेका जनप्रतिनिधीले भविष्यका कर्णधार बालबालिको भविष्य बारे चिन्ता व्यक्त गरेका छैनन, ‘उनले भने, ‘रसायनयुक्त खाने परिकारले बालबालिकाको स्वास्थ्यमा असर पर्दै गएको छ ।’ बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि आफुले पालिकामा दवाव दिने उदेश्यले धर्ना दिएको बताए । खडकाले माग पुरा नगरे धर्नाका ४८ घण्टाको धर्नापछि आत्मदाहको चेतावनी दिएका छन । धर्नामा खडकाले अघि सारेका माग कुनै तुक नभएको राजनीतिक प्रतिशोध, विभिन्न पाटी चहादै्र्र आएका खडकाले धर्ना भन्दा आफुले रसायनयुक्त खाने परिवार खान नहुने सुझाव दिएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी