२०८१ मंसिर ७, शुक्रबार
दोधारा चाँदनी:
दोधारा चाँदनी नगरपालिका– २ मा चुरापोते बनाउने तालिम सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम बिकास शाखा कार्यालयको आयोजना र वडा नं. २ वडा कार्यालयको सहयोगमा एक हप्ते चुरापोते बनाउने तालिम सम्पन्न भएको वडाध्यक्ष पदम रावलले जानकारी दिएका छन् । वडामा रहेका महिलाहरुलाई आर्थिक रुपमा सक्षम बनाउने उद्देश्यले चुरापोते बनाउने सिपमुलक तालिमको संचालन गरिएको वडाध्यक्ष रावलको भनाई रहेको छ् । एक कार्यक्रमको बिच एक हप्ते चुरापोते बनाउने तालिम सम्पन्न भएको हो । तालिमको समापन कार्यक्रममा दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावलले तालिमको भरपुर सदुपयोग गरि आफ्नो जिविका आफै चलाउने अभियानमा लाग्न सहभागीहरुलाई जोड दिएका छन् । सबै महिलाहरुलाई आय आर्जन संग जोड्ने लक्ष्य अनुरुप यस्ता सिपमुलक तालिम वडा कार्यालयले प्रदान गर्दै आएको उनले बताएका छन् । ‘महिलाहरुको क्षमता विकास गरी आर्थिक रुपमा समेत बलियो बनाउनका लागी चुरापोते बनाउने तालिम संचालन गरिएको हो’ वडाध्यक्ष पदम रावलले भने– ‘वडामा रहेका सबै टोल, बस्तीलाई समेटेर चुरापोते बनाउने तालिम संचालन गरेका हौ ।’ दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्टले तालिममा सहभागी महिलाहरुको उत्साहजनक उपस्थिती रहेको बताएका छन् । तालिममा सिकेका सिपलाई आफ्नो दैनिक जिवनमा उपयोग गर्दै व्यवसायिक बन्न सहजकर्ता भट्टले सहभागीहरुलाई आग्रह गरेका छन् । ‘वडामा रहेका महिलालाई आय आर्जन संग जोड्नका लागि तालिम सञ्चालन गरिएको हो’ दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्टले भने । तालिमका सहभागीहरुले तालिममा सिकेका कुरा व्यवहारमा लागु गर्नेमा प्रतिबद्धता जाहेर गरेका छन् । तालिमको समापन सत्रमा दोधारा चाँदनी नगरपालिका– २ का वडाध्यक्ष पदम रावल, वडा सदस्य कमान सिंह धामी, मनकला खनाल पुजारा, द्रोपती सुनार, दोधारा चाँदनी नगरपालिका कार्यालय उद्यम बिकास शाखा कार्यालयका सहजकर्ता जयन्ती भट्ट, तालिमका प्रशिक्षक छाया चन्द, दोधारा चाँदनी नगरपालिका– २ का वडा सचिव नरेन्द्र सिंह साँउद लगाएत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी