२०८१ मंसिर १८, मंगलबार
महेन्द्रनगर:
कैलाली कञ्चनपुरमा भारी वर्षाको सम्भावना रहेको भन्दै प्रशासनले सतर्कता अपनाउन आग्रह गरेको छ ।केन्द्रीय विपद् व्यवस्थापन महाशाखा सिंहदरवार काठमाडौंको जानकारीलाई उदृत गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिवार राती कैलाली र कञ्चनपुरमा भारी वर्षा हुँने हुँदा नदी किनार र तटिय क्षेत्रमा बस्ने जनताहरुलाई सतर्कता अपनाउन आग्रह गरेको हो ।
प्रमुख जिल्ला अधिकार नारायण प्रसाद सापकोटाद्वारा जारी सूचनामा केन्द्रीय विपद् व्यवस्थापन महाशाखाबाट भारी वर्षा हुने सूचना प्राप्त भएको उल्लेख छ । मनसु सक्रिय भएयता सुदूरपश्चिममा लगातार वर्षा भइरहेको छ । महाकाली नदीमा पानीको बहाव बढ्दै गएको छ । महेन्द्रनगर लगायतका सहरी क्षेत्र समेत जलमग्न बनेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी