२०८१ मंसिर ६, बिहिबार
कृष्णपुर नगरपालिकामा एक जना बालिका बलात्कृत भएकी छन् । वडा नं। २ की स्थानिय बालिकालाई सोही ठाउँका दुई युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडितकी आमाले बताएकी छन् ।
पिडित १७ बर्षिया बालिकाकी आमाले कृष्णपुरका २३ बर्षिया रमेश चौधरी र २७ बर्षिया सुरेश चौधरीका नाममा ईलाका प्रहरी कार्यालय झलारीमा छोरीलाई जबरजस्ती बलात्कार गरेको भन्दै उजुरी दिईएको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक कृष्ण श्रेष्ठले बताउनुभयो । २१ गते साँझ बालिका बसिरहेको घरमै युवाहरुले जबरजस्ती बलात्कार गरेको पिडित पक्षको आरोप छ ।
‘फोन गरेर काम छ भनि आगनमा बोलायो, मोबाइल नियन्त्रणमा लियो, जंगलमा लगेर जबरजस्ती गयो,’ पीडितकी आमाले भनिन्। उनीहरुलाई कारबाही हुनुपर्ने पीडित पक्षको माग छ। बालिका अष्टमी मनाउन माइजु घर आएकी थिइन्। घटनामा संलग्नहरुलाई ईलाका प्रहरी कार्यालय झलारीले पक्रउगरी छानविनका जिल्ला अदालतबाट ५ दिने म्याद थप गरेको छ । आरोपी युवाहरुलाई पिडितको उजुरीका आधारमा पक्राउ गरि प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी