२०८१ मंसिर ६, बिहिबार
काठमाडौँ:
लगातारको वर्षाका कारण बाढी, पहिरो र डुबानमा परी १०२ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीबलका अनुसार ६४ जना अझै बेपत्ता छन् भने ४५ जना घाइते भएका छन् । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा ४८ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् । कोशी प्रदेशमा १५ जना, मधेश प्रदेशमा २ जना र वाग्मती प्रदेशमा ३७ जनाको मृत्यु भएको छ । वर्षाका कारण काठमाडौँ उपत्यकालाई अन्य जिल्लासँग जोड्ने ४६ वटा सडक पहिरोका कारण बन्द हुँदा यातायातमा समेत गम्भीर असर परेको छ । पृथ्वी राजमार्ग, काठमाडौँ–मुग्लिन–नारायणघाटलगायत मुख्य राजमार्ग शनिबारदेखि अवरुद्ध भएका छन् । यी सडकहरूमा यातायात चाँडै सुरु हुने अपेक्षा गरिएको छैन। पूर्वी नेपाललाई काठमाडौँसँग जोड्ने बिपी राजमार्ग पनि अवरुद्ध भएको छ ।
कान्ति लोकपथ, राजधानी मार्ग (भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौँ) र त्रिभुवन राजपथलगायत हेटौँडा–काठमाडौँ जोड्ने सबै सडक बन्द गरिएको छ । पहिरोका कारण अरनिको राजमार्ग अवरुद्ध भएको छ भने काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी सडकको केही भाग अवरुद्ध भएको छ । उद्धार र राहतकार्य जारी रहेकाले अधिकारीहरूले स्थितिको अनुगमन जारी राखेका छन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी