२०८१ मंसिर ६, बिहिबार
कञ्चनपुर:
सडक माथिबाट पहिरो खसेपछि बैतडी र दार्चुला जोड्ने सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको छ ।
बैतडीको पाटन नगरपालिका–४ जेउडेमा आइतबार साँझ पहिरो खसेर सडक अवरुद्ध भएपछि यात्रुहरु बाटोमै अलपत्र परेका छन् । सडक डिभिजन कार्यालय पाटनका प्रमुख लक्ष्मणदत्त जोशीका अनुसार दशरथचन्द राजमार्गस्थित जेउडेमा मोड सुधारका लागि कटिङ भइरहेको समयमा आइतबार साँझको ६ बजे माथिबाट पहिरो खसेको हो ।
पहिरो तत्काल पन्छाउन सकिने अवस्था छैन । ‘पहिरो खसेको क्षेत्रको तल घर र माथि बिजुलीको हाईटेन्सन लाइन रहेकोले तत्काल पहिरो पन्छाउन सकिएको छैन’ उनले भने, ‘सोमबार बिहान ६ बजेबाट दुइटा मेसिन प्रयोग गरेर पहिरो पन्छाउने काम हुन्छ ।’
प्रहरी र प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेकोले पहिरोको जोखिम बढ्ने सम्भावना छ । अझै पनि बेला–बेला माटो खसिरहेको छ । रातिको समयमा माथिबाट पहिरो आएको नदेखिने हुँदा अहिले काम गर्न नसकिएको डिभिजन प्रमुख जोशीको भनाइ छ । केशर कन्ट्रक्सनले मोड सुधारको काम गरिरहेको थियो ।
सडक अवरुद्ध बनेसँगै बैतडी र दार्चुलाबाट छुटेका छोटो तथा लामो दूरीका सवारीसाधनहरु त्यही रोकिएका छन् भने यात्रुहरु अलपत्र छन् ।
दार्चुला र बैतडीबाट छुटेका सवारी साधनका यात्रुहरुलाई सतबाझसम्म र तराईदेखि पाटन उताको सवारी र यात्रुहरुलाई पाटनमा रोकिन प्रहरीले आग्रह गरिरहेको छ । यसका लागि लोकमा
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी