२०८१ पौष २६, शुक्रबार
कञ्चनपुरको भीमदत्त नगरपालिकामा २२ सटर प्रकरण अझै सेलाएको छैन। युवा तथा विद्यार्थी नेताहरुले उठाएको सो २२ सटर प्रकरणले भीमदत्त नगरपालिकामा विवाद थप बल्झिएको छ।
उसो त पटकपटक सो प्रकरणबारे छलफल, सर्वदलीय बैठक भएर निर्णयहरु पनि भए। तर सटरवाला व्यवसायीको प्रभावमा परेर निर्णय कार्यान्वयनमा नगरपालिकाका मेयर पदम बोगटी, उपमेयर निलम लेखक जोशीले उदासीनता देखाएपछि झन विवाद विकराल बनेको हो।
सटर निर्माण रोकेर फुटपाथ लगायतको निर्माण बनाउने सर्वदलीय निर्णय गरिएकोमा कार्यान्वयनमा ढिलाई भैरहेको आन्दोलनहरुले जनाएका छन्।
भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार मदनचोकको २२ सटर प्रकरणले विवाद चुलिँदै गएको हो। त्यहाँ सडक चौडा गर्ने उद्देश्यले पहिले भत्काइएका सटर पुनः मापदण्डविपरीत निर्माण गर्न खोजिएपछि स्थानीय युवाहरू, विद्यार्थी, र व्यवसायीबीच असहमति उत्पन्न भएको थियो। त्यसपछि लगातार आन्दोलन भएकोमा सडक चौडा गर्न बाधक बनेको भन्दै नगरपालिकाले २२ सटर भत्काएको थियो।
त्यसपछि व्यवसायीलाई व्यवस्थित गर्ने सहमति गरिएको थियो। तर, पुनः सोही स्थानमा मापदण्ड नपुग्ने गरी व्यवसायी र नगरपालिका मिलेर सटर निर्माण गर्ने प्रयासले स्थानीय आक्रोश बढाएको छ।
स्थानीय युवा विद्यार्थीहरूले मापदण्डविपरीत सटर बनाउन नदिने भन्दै आन्दोलन त्बल चर्काउने बताएका छन्। उनीहरूले दाबी सटर निर्माणले सार्वजनिक फुटपाथ मिचिने दाबी गरेका छन्।
त्यस्तै आन्दोलित युवाहरुले मंसिर २१ गतेको सर्वदलीय र सर्वपक्षीय बैठकले व्यवसायीलाई वैकल्पिक स्थानमा व्यवस्थापन गर्ने निर्णय गरेको आधिकारिक प्रतिलिपि नगरपालिकालाई माग गरेका छन्। नगरपालिकाले पुनः मापदण्ड पुगेको भन्दै नापजाँच गरी सटरवाला स्थानमा निर्माणको प्रयास थालेपछि उनीहरुले निर्णय माग गरेका हुन्। नगरपालिकाको यो कदमप्रति स्थानीयहरूले कडा विरोध जनाएका छन्।
स्थानीयहरूले नगरपालिकाले सरकारको जमिनमा कांग्रेसका नेताकार्यकर्ताका १८ व्यवसायीलाई लाभ पुर्याउन खोजेको आरोप पनि लगाएका छन्।
यो विवाद समाधान गर्न स्थानीय युवाहरू, व्यवसायी, र नगरपालिकाबीच सहमति खोज्न आवश्यक देखिन्छ। तर, नगरपालिकाको पुनःनिर्माण प्रयासले विवादलाई अझ चर्काउने देखिएको छ।
यता तत्कालीन समयमा नगरविकासले भाडामा लगाएको सरकारी सम्पत्तिमा सटर बनाएर बजारीकरण गर्न खोज्ने बोगटी र लेखक सरकारले निजी लगानीका व्यवसायीलाई भने हैरानी दिएको तथ्य फेला परेको छ। वर्षौंदेखि निर्माण थालिएको सोही नगरपालिकाको ४ नम्बर वडास्थित दानबहादुर चन्दको सपिङ कम्पलेक्सलाई नक्सा पास नै नगरिदिएको तथ्य खुलेको हो।
नगरपालिकाले व्यवसायीलाई प्रोत्साहन गर्नुपर्नेमा कम्पलेक्स निर्माणका लागि नक्सा पास नै नगरेर अड्काएको बुझिएको हो। जो सपिङ कम्पलेक्स बनेको अवस्थामा महेन्द्रनगरको व्यापार तथा राजस्वसमेत बढ्ने देखिन्छ। यद्यपि नगरपालिकाले मापदण्ड पुग्दापुग्दै पनि नक्सा पास नगर्दा समस्या आएको हो।
उता मेयर बोगटीले भने दु:ख दिने नियत नभएको भन्दै त्यसको प्रक्रिया पुगाएर नक्सा पास गरिने बताएका छन्। चाडैं नै त्यो प्रक्रिया पूरा हुने उनको भनाई छ।
साभार:महेन्द्रनगरपोष्ट
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय