२०८१ फागुन ७, बुधबार
दोधारा:
कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा पाठेघर मुखको क्यान्सर विरुद्धको खोप अभियान सुरु भएको छ् । दोधारा चाँदनी नगरपालिकामा मंलबार देखि सुरु भएको पाठेघर मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप आगामी २६ गते सम्म सञ्चालन हुने जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ् । खोप अभियानलाई प्रभावकारी बनाउन जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराको नेतृत्वको एक टोली दोधारा चाँदनी नगरपालिका क्षेत्रमा रहेको खोप केन्द्रमा अनुगमन गरेको छ् । अनुगमन टोलीमा दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बु, जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख ओंम प्रकाश जोशी, जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरका कोल्ड चेन अधिकृत जनक बहादुर कुँवर लगाएत टोलीले अनुगमन गर्नुभएको छ् । पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको खोपले समग्र क्यान्सरको दरलाई घटाउन सहयोग पुर्याउने जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गा दत्त बोहराले विश्वास ब्यक्त गर्नुभयो । तोकिएका छात्राहरुलाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी हुन आग्रह गर्नुभयो । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा मंलबार देखि सुरु भएको पाठेघर मुखको क्यान्सरविरुद्धको निशुल्क ‘एचपीभी’ खोप आगामी २६ गते सम्म संचालन हुने अनुगमनमा रहनुभएका दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा ३९ स्थानमा खोप केन्द्र स्थापना गरि २ हजार ६ सय ९७ जना बिद्यालय र समुदायमा रहेका ९ वर्ष देखि १४ वर्ष उमेर समूहका बालिकालाई खोप लगाउन थालेको दोधारा चाँदनी नगरपालिकाका नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभयो । खोप केन्द्रमा उत्साहजनकरुपमा वालिकाहरु सहभागिता भएको नगरप्रमुख किशोर कुमार लिम्बुले बताउनुभएको छ् । खोप अभियानले आगामी दिनमा महिलामा हुने क्यान्सरको संख्यामा कमी आउनुका साथै उपचार खर्च समेत बच्ने नगरप्रमुख लिम्बुले विश्वास गर्नुभयो । तोकिएका छात्राहरुलाई ढुक्क भएर खोप कार्यक्रममा सहभागी हुन उहाँले आग्रह गर्नुभएको छ् । विश्व स्वास्थ्य संगठनले पाठेघर मुखको क्यान्सर विरुद्ध तीन वटा खोपलाई मान्यता दिएको छ, जसमध्ये नेपालमा दिन लागिएको खोप चीनमा बनेको सकुलेन ब्राण्डको बताईएको छ् । सरकारी स्तरबाट पहिलो पटक वालिकाहरुलाई खोप दिन लागिएको एचपीभी विरुद्धको खोप दातृ निकाय ग्लोबल भ्याक्सिन एलाय किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको निशुल्क ‘एचपीभी’ खोप मंगलवारबाट सुरु गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालय स्वास्थ्य शाखा कार्यालयले जनाएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय