२०८१ फागुन २७, मंगलबार
कञ्चनपुर:
कञ्चनपुरको महेन्द्रनगरस्थित खुला मञ्चमा सोमबारदेखि सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव सुरु भएको छ। कञ्चनपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा १० दिनसम्म सञ्चालन हुने यस महोत्सवको मुख्य नारा ‘कृषि, उत्पादन र स्वरोजगार: आर्थिक समृद्धिको आधार’ रहेको छ।
उक्त महोत्सवमा सुदूरपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले पनि फुड स्टल लगाएका छन्। विश्वविद्यालयमा बिबिए छैटौं सेमेष्टरमा अध्ययनरत १६ जना विद्यार्थीहरूले स्टल सञ्चालन गरेका छन्। स्टलमा कोदाको मोमो, फापरको मोमो, चाउमिन, वडा पाव, चटपटे लगायतका परिकार राखिएको छ।
विद्यार्थीहरूका अनुसार कलेजमा सिकेका कुरालाई व्यावहारिक रूपमा प्रयोग गर्नका लागि उनीहरूले स्टल सञ्चालन गरेका हुन्। विद्यार्थी भुवन जोशी भन्छन्, “हामीले सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा प्रयोग गर्ने मौका पाएका छौँ, कलेजमा पढेका सैद्धान्तिक ज्ञानलाई व्यवहारिक रूपमा उतार्न पाएकोमा खुसी छौँ। व्यवसायिक वातावरणमा काम गर्दा नयाँ कुरा सिक्न पाइन्छ र आत्मनिर्भर बन्ने अवसर पनि मिल्छ। हाम्रो उद्देश्य अध्ययनसँगै स्वरोजगारको अवसर सिर्जना गर्नु हो।”
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय