२०८१ फागुन २७, मंगलबार
झलारी:
१५ औं कञ्चनपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको छ। शुक्रबार शुक्लाफाँटा नगरपालिका–७ स्थित बैजनाथ माध्यमिक विद्यालयमा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सुरु भएको हो।
९ वटै स्थानीय तहको सहभागिता रहेको प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराले उद्घाटन गरे। शारीरिक विकासका लागि खेलको महत्वपूर्ण भूमिका रहेको उनी बताउँछन्।
‘खेलकुदका हरेक बिधाहरुको आ–आफ्नो महत्व छ,’ उनले भने, ‘खेलकुदले राष्ट्र निर्माणमा पनि भूमिका खेलेको छ, राष्ट्रिय पहिचानमा पनि यसको छुट्टै महत्व छ।’ खेलकुदका लागि कञ्चनपुर जिल्ला उर्बर भूमि भएको उनले बताए।
‘कञ्चनपुर जिल्लाले धेरै खेलाडीहरु जन्माएको छ,’ उनले भने, ‘दिपक विष्टदेखि क्रिकेटका उत्कृष्ट खेलाडी यहीँकै हुनुहुन्छ, त्यसको बीचमा धेरै खेलाडीहरु हुनुहुन्छ।’ उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा शुक्लाफाँटाका नगर प्रमुख रणबहादुर महराले प्रतियोगितालाई सभ्य र भव्य रुपमा सम्पन्न गरिने बताए।
‘यहीँ भूमिमा नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न गरेका थियौं,’ उनले भने, ‘जिल्ला स्तरीय प्रतियोगिता शुक्लाफाँटाका लागि ठूलो सिकाई हुनेछ।’ राष्ट्रपनि रनिङ शिल्ड प्रतियोगिता आयोजनाका लागि कृष्णपुर नगरपालिकाले पनि सहयोग गरेको उनले बताए।
‘खेल मैदान निर्माण गर्न कृष्णपुरले रोलर र ग्रेडर सहयोग गरेको थियो, त्यसका लागि नगर प्रमुख र नगरपालिका परिवारलाई धन्यवाद व्यक्त गर्दछु’ उनले भने। कञ्चनपुर जिल्ला खेलकुद विकास समितिको आयोजना तथा शुक्लाफाँटा नगरपालिकाको सहआयोजनामा १५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता भइरहेको छ।
कार्यक्रममा स्वागत मन्तव्य जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष कैलाश गिरीले राखेका थिए। उनले जिल्ला खेलकुदको नेतृत्व आफूहरुले गरेपछि स्थानीय तहमै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता गर्ने कार्यको सुरुवात गरेको बताए।
खेलकुद विकास समितिका अध्यक्ष कुँबेर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा ९ वटै पालिकाहरुका जनप्रतिनिधिहरु, खेलाडीहरु, राजनीतिक दलहरुका प्रतिनिधि, नगर खेलकुद विकास समितिका अध्यक्षहरु र सरोकारवालाहरुको सहभागिता रहेको थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय