२०८१ फागुन २७, मंगलबार
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष सिताराम रिजालको निधन भएको छ । केही महिनायता फोक्सोसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष रिजालको गएराति १२:३० बजे आफ्नै निवासमा निधन भएको परिवारजनले जनाएका छन् । उहाँ प्रति श्रद्धाञ्जलीका लागि आज बिहान १०:०० देखि ११:०० बजेसम्म पार्थिव शरीर वडा कार्यालयमा राखिने र त्यसपछि आजै दिउँसो बेलौरी स्थित भकुण्डा आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।
२००९ भदौ ५ गते धादिङ जिल्लाको साबिक नीलकण्ठ गाउँ पञ्चायत वडा नम्बर ५ साँखुमा बुवा मुक्तिनाथ रिजाल र आमा वाल कुमारी रिजालको कोखबाट जन्मिनु भएका सिताराम रिजाल २०३९ सालको गाउँ पञ्चायत निर्वाचनमा वडा अध्यक्षको रूपमा निर्वाचित हुनुभयो । २०४१ सालतिर उहाँ परिवार सहित कञ्चनपुरको साबिक लक्ष्मीपुर गाविस वडा नम्बर ९ (हाल बेलौरी नगरपालिका वडा नम्बर ३) मा बसाइँ सर्नु भयो ।
२०७४ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँले नेकपा (एमाले) बाट वडाध्यक्ष पदमा उम्मेदवारी दिनु भएको थियो । तर झिनो मतान्तरले पराजित हुनुभयो । त्यसपछि २०७९ सालको स्थानीय तह सदस्य निर्वाचनमा उहाँ वडाध्यक्ष पदमा निर्वाचित हुनु भयो ।
उहाँकी श्रीमती डिल कुमारी रिजालको २०७९ सालको स्थानीय तह निर्वाचनकै समयमा निधन भएको थियो । उहाँका छोराहरू हरिप्रसाद रिजाल, स्व. अर्जुन प्रसाद रिजाल, बाबुराम रिजाल, ठाकुर प्रसाद रिजाल र छोरी गीता रिजाल हुन् । वडाध्यक्ष रिजालको असामयिक निधनले बेलौरी क्षेत्रमा शोकको वातावरण बनेको छ । स्थानीयवासी र शुभचिन्तकहरू समाज र राजनीतिमा उहाँले पुर्याएको योगदानको स्मरण गरिरहेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय