२०८१ फागुन २७, मंगलबार
कञ्चनपुर:
प्रधानमन्त्री एवम् सुदूरपश्चिम विश्वविद्यालयका कुलपति केपी शर्मा ओली आज कञ्चनपुर आउँदै हुनुहुन्छ । उहाँले आज दिउँसो सुदूरपश्चिम विश्वविद्यालयको विशेष सभा तथा पाँचौँ दीक्षान्त समारोहको सभाध्यक्षता गर्नु हुनेछ ।
दीक्षान्त समारोह सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसर महेन्द्रनगरमा आयोजना हुने छ । सो समारोहमा मित्रराष्ट्र भारतको उत्तराखण्ड राज्यस्थित सोबन सिंह जीना विश्वविद्यालयका कुलपति प्रा. डा. सतपाल सिंह बिष्ट प्रमुख अतिथि रहनु हुनेछ ।
विशेष सभामा विश्वविद्यालयका उच्च पदाधिकारीहरू, प्राध्यापक, विद्यार्थी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहने छ । समारोहले विश्वविद्यालयको शैक्षिक उन्नयन, विकास र आपसी सहकार्यका विषयमा महत्त्वपूर्ण छलफलको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । सुदूरपश्चिम विश्वविद्यालयका सहायक प्रशासक नवीन बहादुर बमका अनुसार दीक्षान्त समारोहलाई भव्य र अनुशासित बनाउन सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेशसभा बैठकलाई विशेष सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज धनगढी जानुहुँदै छ। प्रदेश सभाको पाँचौँ अधिवेशन अन्तरगत १७ औँ बैठकमा प्रधानमन्त्री ओली सम्बोधन गर्दै हुनुहुन्छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। प्रदेश सभा परिसर र आसपासका क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसैगरी, प्रधानमन्त्री ओलीले आजै धनगढीमा नवनिर्मित सिटी हलको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी गोगन हमालले बताउनु भयाे।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय