२०८२ चैत्र १९, बिहिबार


धनगढी:
कैलालीको धनगढीमा बेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ। धनगढी– १४ एच गाउँस्थित साइनोचोक नजिकै नवजात शिशु बेवारिसे अवस्थामा फेला परेको हो।
रोइरहेको अवस्थामा सडक छेउको नालामा सालनालसहित शिशु फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए।
नवजात शिशुलाई प्रहरीले उद्धार गरी सेती प्रादेशिक अस्पताल धनगढी पुगाएको छ।

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय