२०८२ चैत्र १९, बिहिबार


काठमाडौँः
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि आगामी दुई साताभित्र युक्रेन युद्धमा शान्तिपूर्ण समाधानको दिशामा कुनै ठोस प्रगति देखिएन भने रुसविरुद्ध कडा प्रतिबन्ध या ट्यारिफ लगाउने निर्णय गर्ने चेतावनी दिएका छन् । १५ अगष्टमा अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भएको भेटको एक सातापछि ट्रम्पको यस्तो धम्की आएको हो । व्हाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, ‘म एक निकै महत्त्वपूर्ण निर्णय लिन गइरहेको छ । चाहे ठूलो मात्रामा प्रतिबन्ध या ट्यारिफ दुवै हुनसक्छ । या त हामी यो पनि भन्न सक्छौं यो अमेरिकाको लडाइँ होइन, तिमीहरुकै हो ।’
उनले युक्रेनमा हालै एक अमेरिकी कारखानामा भएको रुसी आक्रमणबारे आक्रोश व्यक्त गरेका छन् । उक्त आक्रमणबाट कारखानामा आगो लाग्नुका साथै दुई कर्मचारी घाइतेसमेत भएका थिए । उनले भने, ‘यसबाट म खुसी छैन ।’ ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘रुस–युक्रेन युद्धमा जे–जे भइरहेको छ । त्यसबाट म प्रश्न छैन । आगामी दुई सातामा यो युद्ध कता जानेछ भन्ने स्पष्ट हुनेछ ।’
उनले दुवै देशका नेताहरु एकैठाउँमा बसेर कुरा गर्नुपर्नेमा जोड दिएका छन् । ‘दुवै नेता एकसाथ बसेर कुरा गरुन् भन्ने चाहन्छु । यदि उनीहरु यस्तो गर्दैनन् भने यस्तो किन भइरहेको छ भन्ने कुरा मैले नै विचार गर्नुपर्ने हुन्छ,’ उनले भने ।
यस्तै उनले आफ्नो कार्यकालमा आफूले सातवटा युद्ध रोकेको र सम्भावित तीन युद्धलाई टालेको बताएका छन् । उनले भने, ‘मलाई यो युद्धबाट कुनै प्रशन्नता छैन । आगामी दुई सातामै थाहा हुनेछ यो युद्ध कता जाँदैछ भन्ने कुरा ।’
यसअघि १८ अगष्टमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युरोपियन देशका नेताहरुका साथमा व्हाइट हाउस पुगेका थिए । रुससँग युद्ध तत्काल अन्त्यका लागि उनले युरोपिन देशका नेताहरुलाई साथमा लिएका थिए । ट्रम्पले आफूले पुटिन र जेलेन्स्कीसँगको भेटवार्ता हुने व्यवस्था बनाएको दाबी गरेका थिए ।

अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय