२०८१ मंसिर ६, बिहिबार
दोधारा । सिमानामा नेपाली सुरक्षाकर्मी पुग्न मुस्किल थियो । बेलाबखत भारतबाट गुन्डा आउथे । सिमानामा बसोवास गर्ने नेपालीलाई लुट्थे । कुटपिट गर्थे । महिलाहरु माथि गिद्धे नजर लगाउथे । भारतीय पक्षको थिचोमिचो सहेर बस्नु पर्ने अवस्था थियो । दोधारा चाँदनी नगरपालिकाको सिमा बस्ती संगै सिमावर्ती भारतिय बजारमा आवतजावत गर्नेहरुको शान्ति सुरक्षा स्थानीयको भरमै थियो । अहिले सीमा क्षेत्रको सुरक्षाको अवस्था केही फेरिएको छ् । सीमा क्षेत्रमा सुरक्षा निकायको उपस्थिति बढेपछि नागरिकहरुले ढुक्कको श्वास फेर्न पाएका छन् । ‘कुनै समय यस्तो पनि थियो सिमा क्षेत्रमा एउटा नेपाली सुरक्षकर्मी देख्न पाईदैनथ्यो । हामी सर्वसाधारण नेपाली मात्र हुन्थ्यौं’ दोधारा चाँदनी नगरपालिकाका स्थानिय भन्छन्– ‘अहिले सशस्त्र प्रहरीले प्रहरी पोष्ट स्थापना गरेपछि हामीलाई केही सुरक्षित महसुस भएको छ् ।’ सीमावर्ती क्षेत्रमा बसोवास गर्ने नेपालीले सिमानाको रक्षा गर्दै आएका थिए । भारतीय पक्षबाट हुने थिचोमिचो सहेका नेपालीहरु अहिले सीमा सुरक्षाका लागि नेपाली सुरक्षाकर्मी खटिएपछि गौरवबोध गर्न थालेका छन् । बल्ल आएर राज्य भएको महशुस गर्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका भारत संग जोडिएको सिमा क्षेत्रमा सशस्त्र प्रहरीको ५ वटा पोष्ट स्थापना गरेको छ् । भारत संग झण्डै २२ किलोमिटर जोडिएको दोधारा चाँदनी नगरपालिका खुला सिमानाा रहेको छ् । दोधारा चाँदनी नगरपालिकाको वडा नं. १ को बैलबन्द र भुमीराज टोलमा सशस्त्र प्रहरी पोष्ट छ् । यस्तै वडा नं. ३ देबीस्थान, वडा नं. ७ कञ्चनभोज र वडा नं. १० सुन्दरनगरमा सशस्त्र प्रहरीले आफ्नो स्थायी पोष्ट निमार्ण गरेको छ् । वडा नं. ३ बडुवाल टोलमा सशस्त्र प्रहरीको फोरवार्ड बेस स्थापना रहेको छ् । जनशक्तीको अभाव भन्दै बडुवाल टोलमा सशस्त्र प्रहरीको रित्तो क्याम्प मात्रै देख्न पाईन्छ् । ‘उतापट्टि (भारत) दशगजा नजिकै भारतीय एसएसवीको क्याम्प छ् । जहिल्यै हामीलाई हेप्ने व्यवहार हुन्थ्यो । अहिले हाम्रो तिर पनि सीमानामा सशस्त्र प्रहरीको क्याम्प स्थापना पछि उनीहरुको बराबरीमा भएको महसुस भएको छ ।’ स्थानियहरु भन्छन्– ‘सीमा स्तम्भको रक्षा र सीमा क्षेत्रको सुरक्षामा सशस्त्र प्रहरीको उपस्थितीले ढुक्क बनाएको छ ।’ दुई ४ वर्ष अघि सम्म दोधारा चाँदनीको खुला सिमा क्षेत्रमा सुरक्षा अवस्था निकै कमजोर थियो । दोधारा चाँदनी नगरपालिकाको वडा नं. ६ हेल्थपोष्टमा एक मात्रै सशस्त्र प्रहरीको सुरक्षा पोष्ट थियो । हेल्थपोष्टमा रहेको सशस्त्र प्रहरी पोष्टमा दरबन्दी अनुसारका सुरक्षाकर्मी थिएनन् तर अहिले सीमा सुरक्षाका पोष्टहरु थपिएका छन् । जनशक्ति पनि बढेका छन् । दैनिक गस्ती गर्ने, अवैध कामहरुको निगरानी गर्ने, अवैध हातहतियारको खोजी गर्ने र नियन्त्रण गर्ने काम भइरहेको सशस्त्र प्रहरीले जनाएको छ् । नेपाल सरकारको निर्णय अनुसार अहिले दोधारा चाँदनी नगरपालिकाको सीमा सुरक्षाको लागि ५ स्थानमा सीमा प्रहरी पोष्ट स्थापना भएको सशस्त्र प्रहरीले जनाएको छ् । भारतिय सिमा सुरक्षा बल (एसएसबी) को दाँजो सशस्त्र प्रहरी कमजोर सुबिद्या सम्पन्न भएपनि बिगतका दिनहरु भन्दा दोधारा चाँदनी नगरपालिका संग जोडिएको सिमा क्षेत्रमा सुरक्षा ब्यवस्था निकै कसिलो भने छ् । भारतीय सीमा सुरक्षा बल (एसएसबी) संग मिलेर समय– समयमा सशस्त्र प्रहरी संयुक्त गस्ती पनि गर्दै आएका छन् । दोधारा चाँदनी नगपालिकाको खुला सीमा क्षेत्रमा राज्यको उपस्थिति बढ्दै जाँदा स्थानियहरुले समेत खुशी महसुस गर्न थालेका छन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ३ निवासी लक्ष्मी रानाले सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना भएपछि सुरक्षा चिन्ता कम भएको बताएका छन् । ‘सशस्त्र प्रहरीको उपस्थिति नहुदा सधैं डर जस्तो हुन्थ्यो । तर अहिले सीमा क्षेत्रको रक्षामा सशस्त्र प्रहरी संग मिलेर हामी पनि खटिएका छौं’ लक्ष्मी रानाले भने– ‘हाम्रा जंगे पिल्लरको सुरक्षा भएको छ् ।’ झण्डै २२ किलोमिटर लामो खुला सीमा क्षेत्रको दोधारा चाँदनी नगरपालिकामा पर्छन् । सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मीले दुःख, कष्ट सहेर देशको सिमानाको रक्षा गर्दै आएका छन् । दोधारा चाँदनी नगरपालिकाको सीमावर्ती क्षेत्रमा रहेका सशस्त्र प्रहरीका पोष्टहरु टिनको तथा कमजोर घर छन् । अधिकांश स्थानमा खानेपानीको चरम अभाव छ् । बाढीको बेला सशस्त्र प्रहरीलाई आफ्नो हतियार जोगाउनै धौ–धौं हुन्छ् । बाढीको बेला उनिहरु बिस्थापित भएर बिद्यालयको शरणमा बस्नु पर्ने पिडानै छ् । ‘हावाहुरी लाग्दा छानो उडाउने चिन्ता, पानी परेमा छानो चुहिएर भिजिएला भन्ने डरमा बस्नुपछर्् । ‘सुविधा नहुदा पनि देशको सीमा रक्षामा खटिएको देख्दा भिन्दै अनुभूति हुन्छ’ स्थानियहरु भन्छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी