२०८१ मंसिर ८, शनिबार
दोधारा । दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीमा रोयल्टी ठेक्का लगाएपछि घाट गद्दीको माँग राख्दै जिल्ला समन्वयको कार्यालयमा छलफल हुने भएको छ् । भीमदत्त नगरपालिका सित महाकाली नदीको रोयल्टी बाँडफाँट सम्झौता रद्द भएपछि भीमदत्तका मेयर पदम बोगटी हिजो दोधारा नगरपालिका नगरपालिका कार्यालय पुगेका थिए । उनले प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीलाई लिएर दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमाल लिम्बु लगाएत सित छलफल गरेका हुन् । दोधारा चाँदनी नगरपालिकाले भीमदत्त सित सम्झौता रद्द गरी यस आर्थिक वर्ष देखि आफ्नो क्षेत्रमा ठेक्का आव्हान गरेको छ् । दोधारा चाँदनी नगरपालिकाले दिमुक निर्माण सेवा सित रु. १ करोड १७ लाख २० हजारमा ठेक्का सम्झौता गरेको छ् । ठेक्का सम्झौता पछि मेयर बोगटी प्रमुख प्रशासकीय अधिकृत र कानुनी सल्लाहकार लिएर हिजो दोधारा चाँदनी पुगेका हुन् । दुबै पालिकाको बिच छलफलमा भिमदत्त नगरपालिकाले ठेकेदारलाई आफ्नो घाट गद्दी प्रयोग गर्न र महाकाली नदीमा सिमांकन गर्न माँग राखेको छ् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले भिमदत्त नगरपालिकाले आईइए नगरेको हुदा ठेक्का लगाउन नसकेपछि दोधारा चाँदनी नगरपालिकाको ठेकदारलाई घाट र बाटोको बारेमा बिबाद गरिएको बताएका छन् । ‘सायद भिमदत्त नगरपालीकाले सोचेको पनि थिएन की, दोधारा चाँदनी नगरपालीकाले यती छिटो आईइए गरेर रोयल्टीको ठेक्का रु. १ करोड १७ लाख २० हजार गर्न सफल हुन्छ भनेर । तर दोधारा चाँदनी नगरपालीकाले यो काम गर्न सफल भयो । अहिले भिमदत्तले आईइए नगरेको हुंदा ठेक्का लगाउन नसकेपछि दोधारा चाँदनीको ठेकेदार संग धाट तथा बाटोको बारेमा विबाद भएको छ् । जसको समाधानको लागि भोली बिहान २५ गते जिल्ला समन्वयको कार्यालय महेन्द्रनगरमा छलफल हुने भएको कूरा सर्वसाधारणको लागि जानकारी गराउंदछु’ दोधारा चाँदनी नगरपालिका मेयर किशोर कुमार लिम्बुले आफ्नो फेसबुक पेजमा लेखेका छन् । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिका बीच आर्थिक वर्ष २०७६/०७७ देखि रोयल्टी रकम बाँडफाँटमा सहमति भएर सम्झौता भएको थियो । भीमदत्तमा आएका नयाँ जनप्रतिनिधिले गत वर्षको रोयल्टी रकम नदिएपछि दोधारा चाँदनी सम्झौता नविकरण नगरी आफैंले संकलन गर्न लागेको हो । भीमदत्त नगरपालिकाले दिमुक निमार्ण सेवाले भीमदत्तको क्षेत्रको घाट रोक्न दोधारा चाँदनी नगरपालिकालाई आग्रह गरेको छ् । महाकाली नदीमा भिमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाको सिमांकन नभएको र आजनै सिमांकन गर्न भनिएको भनेपनि भोली मात्रै जिल्ला समन्वयको कार्यालय महेन्द्रनगरमा छलफल हुने बताईएको छ् । दोधारा चाँदनी नगरपालिकाले आइआइई गरी बोलपत्र आहृवान गरेर ठेक्का दिएको हो । दोधारा चाँदनी नगरपालिका कार्यालयले महाकाली रोयल्टीको बिषयमा अघिल्लो वर्षमा भएको सम्झौता अनुसार पाउनु पर्ने रकम भिमदत्त नगरपालिकालाई माँग गर्दै आएको छ् । अघिल्लो आर्थिक वर्ष रकम नपाएको र यस वर्ष भीमदत्तले ठेक्का खोल्न नसकेपछि दोधारा चाँदनीले ठेक्का खोलेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी