२०८१ मंसिर ९, आईतबार
दोधारा । मानब बेचविखन तथा ओसारपसार बिरुद्ध क्रियाशिल संस्था माईती नेपालले आज यातायातकर्मी संग अन्तरक्रिया सम्पन्न गरेको छ् । कञ्चनपुर जिल्लाबाट भारतका दिल्ली, हरिद्वार, देहरादुन लगाएतका शहरहरुमा दैनिक सञ्चालन हुने बसका चालक, सहचालक तथा परिचालक र जिल्लाको सदरमुकाम महेन्द्रनगरबाट सिमावर्ती क्षेत्र गड्डाचौकी एवं झोलुङ्गे पुल रुटमा चल्ने अटोचालकहरु संग अन्तरक्रिया गरेको माईती नेपालले जनाएको छ् । मान्छेको ओसारपसार बिना बेचविखन पनि असम्भव प्रायः जस्तै हुन्छ् । मान्छे एक स्थानबाट अर्को स्थान सम्म पुग्न वा पुर्याउन कुनै न, कुनै सवारी साधनको प्रयोग गर्नै पर्ने हुन्छ । यसर्थमा मानब बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको महत्वपुर्ण भुमिका रहेको हदा यातायातकर्मीको एक सुचना मात्रैले पनि बेचविखनको जोखिममा परेका महिला तथा बालबाललिकालाई बेलैमा बेचबिखनबाट जोगाउन सकिने भएको हुदा यातायातकर्मी संग अन्तरक्रिया संचालन गरिएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जनाएका छन् । ‘यात्राका दौरान लामो दुरीका सवारी साधन (बस) हुन्, चाहे छोटो दुरीका अटो वा टेम्पोनै, तिनीहरुमा सवार यात्रु चालक/सहचालकको प्रत्यक्ष निगरानीमा रहेका हुन्छन् । आफ्नो सवारी साधनमा सवार यात्रुका हरेक गतिबिधीहरु सवारी चालक/सहचालकले नजिकबाट नियाली रहेका हुन्छन । कुन यात्री निर्धक्क यात्रा गरि रहेछन् र उनीहरुको गन्तब्य स्थल कहां हो ? त्यसैगरी कुन कुन यात्रीका गतिबिधी शंकास्पद छन् ? यी सबै कुरा चालक/सहचालकलाई यात्राका दौरान थाहा भईसकेको हुन्छ । यस्तो अवस्थामा बेचविखनको जोखिममा रहेका महिला तथा बालबालिकालाई बेचविखनमा पर्नबाट जोगाउन उनीहरुको भुमिका महत्वपुर्ण हुन सक्दछ्’ मानब बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको भुमिका महत्वपुर्ण रहने बारेमा स्पष्ट पार्दै माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने– ‘यातायातका साधनको प्रयोग बिना ओसारपसार सम्भव छैन् ।’ अनौपचारिकरुपमा सञ्चालित अन्तरकृयाको पहिलो चरणमा मानव बेचविखन तथा ओसारपसार र यसको नियन्त्रणका लागि रहेका बिद्यमान कानुनी ब्यबस्थाका बारेमा सहभागीलाई प्रशिक्षणात्मक ढंग बाट जानकारी गराईएको थियो । प्रथम चरणमा सहभागीलाई मानव बेचविखन भनेको के हो ? ओसारपसार भनेको के हो ? यिनीहरु बिचको भिन्नता र सम्बन्ध अनि नेपालको कानुनमा रहेको दण्ड सजाय सम्बन्धी ब्यबस्थाका बारेमा प्रशिक्षण दिईएको थियो । कार्यक्रमको दोस्रो चरणमा मानब बेचविखन तथा ओसारपसार नियन्त्रणमा सहभागीले के, कसरी सहयोग गर्न सक्छन भन्ने बारेमा छलफल चलाईएको थियो । छलफलका क्रममा अधिकांश सहभागीले यस अघि आफुहरु यस बारेमा अनभिज्ञ रहेको र आगामी दिनमा यस्ता गतिबिधी प्रति सचेत रहने प्रतिबद्धता जनाए । ‘माईती नेपालले आज यो कार्यक्रम संचालन गरेकोमा हामी धन्यवाद दिन चाहन्छौ । म, लगाएतका केही साथीहरु यो सन्दर्भमा केही सजग र सचेत भएता पनि धेरै साथीहरु यो विषयमा अनभिज्ञ थिए । आज यस कार्यक्रमबाट हामीले मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी सम्पुर्ण जानकारी प्राप्त गर्ने मौका पायौं । आगामी दिनमा हाम्रा सवारी साधनमा सवार यात्रुहरु मध्ये शंकास्पद गतिविधी गरेका यात्री भेटिएमा हामी सर्वप्रथम माईती नेपाललाई जानकारी गराउने छौं’ राय सल्लाह दिने क्रममा पवनदुत यातायात प्रालिका परिचालक महेश प्रसाद जोशीले भने । उनले माईती नेपाल नेपालका सबै दिदी बहिनीको माईती बनेर अहम् भुमिका निभाइरहेको हुदां आजका दिन देखि माईती नेपाल प्रतिको विश्वास बढेको बताए । पवनदुत अटो म्यानेजप्यान्टका अर्का सहचालक चक्र बहादुर शाहले माईती नेपालले यातायातकर्मीलाई समेटेर यस्तो महत्वफुर्ण कार्यक्रम सञ्चालन गरेकोमा धन्यवाद व्यत्त गर्दै सार्वजनिक यातायातका साधन प्रयोग गरि यात्रा गर्ने सबै यात्रुहरु कहांबाट यात्रा सुरु गरि कहाँ सम्मको यात्रा तय गर्ने र यात्रा सहज कसरी गराउने भन्ने विषयलाई नियाल्ने क्रममा कुनै यात्रु माथी शंका उब्जिएमा सो को व्यवस्थापनका लागि माईती नेपाललाई खबर गर्ने प्रतिबद्धता ब्यक्त गरे । यस्तै पवनदुत यातायातकाका पूर्व उपाध्यक्ष डम्बर बहादुर बिष्टले मानव बेचबिखन विरुद्ध अहोरात्र खटिएर काम गर्दै आएको सम्मानित संस्था माईती नेपाललाई धन्यवाद दिदै हाम्रा यातायातका साधन प्रयोग गरि कुनै पनि छोरीचेली कोठीको नरकीय जीवनको यात्रा तय गर्न नपरोस् भनि टिकट काउन्टरमा यात्रुले टिकट काट्दा देखि यात्रु गन्तव्य सम्म नपुगुन्जेल सम्मको विषयलाई विशेष संवेदनशिल भई नियाल्दै आएको बताए । कार्यक्रममा विभिन्न यातायात समितिबाट सहभागी सम्पुर्ण व्यक्तिहरुले कञ्चनपुरको हकमा बढ्दै गएको मुन्द्रे यातायातका कारण हाम्रा छोरीचेलीहरु जोखिमपुर्ण यात्रा गर्नुपर्ने अवस्था सिर्जना भइरहेको हुदा उक्त मुन्द्रे यातायातलाई समयमानै व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका छन् । माईती नेपालले पछिल्ला केही बर्ष यता बार्षिकरुपमा यातायातकर्मी संग अन्तरक्रियात्मक बैठकको आयोजना गर्दै आएको छ् । मानब बेचविखन तथा ओसारपसार नियन्त्रणमा यातायातकर्मीको भुमिका महत्वपुर्ण हुन सक्ने कुरालाई मध्यनजर गर्दै केही बर्ष यता देखि स्रोत साधनले भ्याए सम्म कम्तीमा पनि बर्षको एक पटक यातायातकर्मी संग अन्तरक्रिया गर्दै आएको र त्यस्को सकारात्मक परिणाम पनि देखिएको माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले बताए । ‘माईती नेपालले कञ्चनपुर जिल्लामा बिधिवत सञ्चालित सबै लामो तथा छोटो दुरीका सवारी साधन नियमन गर्न बनेका समितिहरु संग समन्वय गरेर कम्तीमा पनि बर्षको एक पटक यातायात ब्यवसायी र यातायातकर्मी संग छलफल चलाउदै आएका छौं’ माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भने– ‘त्यस्ले सकारात्मक प्रभाव पनि परेको छ् । यद्यपि यो पर्याप्त भने होईन् ।’ हाल कञ्चनपुरको जिल्ला सदरमुकाम महेन्द्रनगर बस पार्कमा लामो तथा छोटो दुरीका पाँच ओटा बस ब्यबसायी समिति सञ्चालनमा रहेका छन् । ती मध्ये तीन ओटा समितिले नेपाल भित्र र भारतीय शहरहरुमा पनि बस सेवा प्रदान गरिरहेका छन् भने, दुई वटा समितिले नेपाल भित्र मात्रै बस सेवा दिई रहेका छन् । तर पाँच वटै समिति मानव बेचविखन तथा ओसारपसार जस्तो जघन्य अपराध नियन्त्रणमा ऐक्यबद्ध हुन तयार छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी