२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर । कञ्चनपुरमा सार्वजनिक विदाको दिनमा सरकारी सवारी साधन संचालन गर्ने कार्यालयहरुलाई बिभिन्न राजनैतिक दलका बिधार्थी भातृ संगठनहरुले कारवाही गरेका छन् । आईतवार क्रिशमसको उपलक्ष्यमा नेपाल सरकारले देशैभरमा सार्वजनिक विदा दिएको छ । तर सोही सार्वजनिक विदाका दिनमा पनि बिभिन्न सरकारी सवारी साधनहरु निर्वाध रुपमा संचालनमा आएपछि बिधार्थी संगठनहरुले पूर्व पश्चिम महेन्द्र राजमार्गमा सरकारी सवारी साधनहरुलाई रोकेर चेक जाँच गर्दा बिना स्विकृत सवारी साधन संचालन गरेको पाईएको छ । सवारी साधन चेक गर्ने क्रममा महेन्द्रनगरको महाकाली पुल आयोजनाको प्रदेश ३ बा ०६७९ नम्वरको सरकारी गाडीलाई नियन्त्रणमा सिलएर प्रहरीलाई बुझाएको छ । उक्त सवारी साधनमा ईन्जिनियर प्रशान्त भट्ट र अर्का ईन्जिनियर सन्तोष आचार्य दुबै जना धनगढीको एयरपोर्टको जानको लागि उक्त सवारी साधनको प्रयोग गरिएको ईन्जिनियर भट्टले बताए । कैलालीमा रहेको मोहना अत्तरिया व्यापारीक राजमार्ग ६ लेनको सडकको अनुगमन गर्ने, तथा तालिममा सहभागी हुन एयरपोर्टमा जान लागेको उनले बताए । आफनो कार्यलयले कैलाली र कञ्चनपुर भित्र पासको आवश्यक्ता नपर्ने बताएपछि आफुहरुले सवारी साधन लिएर हिँडेको उनले बताए । राष्ट्रिय युवा सघंका प्रतिनिधी तथा युवा नेता प्रबिन बोगटीले कञ्चनपुरमा सरकारी गाडीहरुको चरम दुरुपयोग भएको छ भन्ने जनगुनाशो आएपछि आफु लगायत अन्य भातृ संगठनहरुका साथीहरुले अनुगमन गर्दा निजी प्रयोजनमा सरकारी सवारि साधनको प्रयोग गरेर सरकारलाई आर्थिक भार दिने काम गरेको र सरकारी सवारी साधनको चरम दुरुपयोग गरेको पाईएको उनले बताए । अन्य सरकारी सवारी साधन तथा स्थानिय सरकारका गाडीलाई पनि चेकजाँच गरेको र सबैसँग पास भएको पाईए पनि महाकाली पुल आयोजनासँग पास नभएको अवस्थामा प्रयोग गरेको पाईपछि प्रहरी कार्यालय, जिल्ला प्रशासनलाई बुझाईएको बताए । अनेरास्ववियुका जिल्ला अध्यक्ष कमल रोकाया, क्रान्तिकारी का अध्यक्ष कैलाश चन्द गिरि, युवा नेता प्रशान्त भट्ट युवा संघ का नेता प्रबिन बोगटि र वाइसीएल नेता तिलक जप्रेल लगायतका नेताहरूले उत्त सरकारी गाडी नियन्त्रणमा लिएका हुन । अहिले नेकपा माववादी निकट वाईसिएल, अनेरास्वियु क्रान्तिकारी लगायतका बिधार्थी संगठनहरुले सार्वजनिक विदाका दिनमा यसरी नै अनुगमन चेकजाँच गरिने उनले बताए । यता कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रशाद अर्यालले सरकारी सवारी साधनहरु कार्यालय प्रयोजन बाहेकमा प्रयोग गर्न नपाईने बताएका छन् । यदी सरकारी सवारी साधनहरु व्यक्तिगत प्रयोजनमा प्रयोग गरिएको पाईएमा सवारी साधनलाई नियन्त्रणमा मात्रै नलिएर सम्बन्धित व्यक्तिलाई पनि कारवाही गरिने बताए । आफुले जिल्लामा रहेकाकार्यालयप्रमुखहरुको बैठकमा पटकपटक यो विषयमा छलफल गरेको र कसैलेपनि कार्यालय प्रयोजन बाहेक अन्य समयमा सवारि साधन प्रयोग नगर्न निर्देशन दिएको बताए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्र का युवा र बिध्यार्थीहरुले सरकारी गाडी नियन्त्रण मा लिएका छन छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी