२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयको सहयोग, नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराको आयोजना र नेपाल नेत्र ज्याती संघ गेटा आँखा अस्पताल महेन्द्रनगरको प्राविधिक सहयोगमा दोधारा चाँदनी नगरपालिका–७ बाबाथानमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले जनाएको छ् । दोधारा चाँदनी नगरपालिकाको लक्ष्मी माबिमा संचालन भएको आँखा शिविरमा ४ सय २५ जनाले आँखाको परीक्षण गराउदा ९३ जनामा मोतियाबिन्दु फेला परेको र ८ जनाको आँखाका मासु बढेको फेला परेको नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बिर सिंह धामीले बताएका छन् । मोतिया बिन्दु र मासु पलाएको समस्या देखिएका बिरामीको महेन्द्रनगर स्थित नेपाल नेत्र ज्याती संघ गेटा आँखा अस्पतालमा निशुल्क उफचार गरिने बताईएको छ् । ‘हातले गर्ने शल्यक्रिया निशूल्क गरिने तथा मसिनबाट हुने शल्यत्रियाको लागी बिरामीहरुले थोरै रकम खर्च व्यहोर्नु पर्ने हुन्छ्’ नेपाल नेत्र ज्योती संघ गेटा आँखा अस्पताल महेन्द्रनगरका नेत्र अधिकृत बिर सिंह धामीले भने– ‘शल्यक्रिया गर्नु पर्ने बिरामीहरुलाई हामीले समय दिएका छौं, सोही समयमा महेन्द्रनगर अस्पताल पुगेर उहाँहरुको शल्यक्रिया हुन्छ् ।’ शिविरमा आँखाका बिरामीहरुलाई औषधी बितरण तथा परामर्श दिईएको छ् । शिविरबाट अति गरिब, विपन्न, दलित तथा पछाडि परेका समुदायको नागरिकलाई प्रत्यक्ष लाभ पुगेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका कमला उपाध्याय्ले बताएका छन् । शिविरमा आँखा अस्पताल सम्म पहुँच नभएका आँखा बिरामीहरुलाई मध्यनजर गरि शिविर संचालन गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका उपाध्याय्ले बताएका छन् । नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लको सभापतित्वमा संचालन भएको आँखा शिविर उद्धघाटन कार्यक्रममा प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए । अतिथीमा दोधारा चाँदनी– १० का वडाध्यक्ष चन्द्र बहादुर सिंह, नेत्र अधिकृत बिर सिंह धामी, द्धष्टि बिशेषज्ञ आकाश श्रेष्ठ, नेत्र अधिकृत हरिकृष्ण भट्ट लगाएत स्थानियहरुको बाक्लो उपस्थिती रहेको थियो । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले संचालन गरेको आँखा शिविर अत्यन्त प्रशंसनिय रहेको बताउदै आगामी दिनहरुमा दोधारा चाँदनी नगरपालिका कार्यालयले आँखाका बिरामीहरुको संख्यालाई मध्यनजर राख्दै समय अनुसार शिविर संचालन गर्ने योजना बनाउने बताएका छन् । बिगत देखि प्रखररुपमा सामाजिक कार्य गर्दै आएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधारालाई धन्यबाद दिदै मेयर लिम्बुले नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सम्पुर्ण टिमलाई धन्यबाद समेत दिएका छन् । शरिरका सवै अङ्गको आफ्नै महत्व भएको र आँखा सवै भन्दा महत्वपूर्ण अङ्ग भएकोले अस्पताल सम्म पहुँच नभएका गरिब तथा बिपन्न ब्यक्तीहरुलाई निःशुल्क आँखा शिविर सञ्चालन गरिएको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधारा सभापती राजेन्द्र मल्लले बताएका छन् । बिगतका दिनहरु वर्ष पिच्छे साबिकको दोधारा क्षेत्रमा नेपाल रेडक्रस सोसाईटीले संचालन गर्दै जानकारी गराउदै सभापती मल्लले अस्पताल सम्म पहुँच नभएको आँखाका रोगीहरुका लागी नगरपालिका कार्यालय गम्भिर हुन समेत अनुरोध गरेका छन् । बिगतका कारोना संक्रमण बेला गरिब तथा बिपन्न समुदायका सहयोग गर्दैको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराले बिभिन्न समयमा परोपकारी कार्य गर्दै आएको छ् । दोधारा चाँदनी नगरपालिकाका उपमेयर र वडा नं. १० कार्यालयको योजना अनुरुप शिविर अघि बढाईएको रेडक्रस उपशाखा दोधाराले जनाएको छ् । शिविरमा नेत्र अधिकृत बिर सिंह धामी, द्धष्टि बिशेषज्ञ आकाश श्रेष्ठ, नेत्र अधिकृत हरिकृष्ण भट्ट लगाएत ७ जनाको प्रविधिक टोली रहेको नेपाल रेडक्रस सोसाईटी उपशाखा दोधाराका सभापती राजेन्द्र मल्लले जनाएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी