२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महराले राजिनामा फिर्ता लिएका छन । बिहीबार वडाध्यक्ष महराले राजिनामा फिर्ता लिएका हुन । नगरपालिकामा अनियमितता भएको भन्दै गत साता वडाध्यक्ष महराले १२ औँ नगर सभा चलिरहेकै बेला मेयर रण बहादुर महरालाई राजिनामा बुझाएका थिए ।
पहिलो कार्यकालमै वडाध्यक्ष भएपछि लोकप्रिय काम गरेका महराले दोस्रो पटक अध्यक्षमा निर्वाचित भएको बर्षदिन नपुग्दै पदबाट राजिनामा दिएपछि उनीमाथि स्थानीय जनता र माओवादी पाटीबाट ब्यापक जनदवाव आएको थियो । वडाध्यक्ष महराले नगर प्रमुख रण बहादुर महरासंग नगरपालिका भित्र भएको विभिन्न बेतिथिको तथ्य, तथ्याङ्क र प्रमाणका आधारमा कार्यपालिका मार्फत आवश्यक छानबिन र कार्बाही गर्ने सहमती भएपछि राजिनामा फिर्ता लिएको बताए । वडाध्यक्ष महराले शुक्लाफाँटा नगरपालिकाको ८३औँ कार्यपालिका बैठकमा भएको तत्तकालिन शिक्षा अधिकृत हाल प्रमुख प्रशासकीय अधिकृत माथिको छानबिन समितिको प्रतिवेदन तत्तकाल कार्यान्वयन गर्ने, नगरमा संचालित एडिबीको ऋण सहयोगमा निर्माणाधिन योजनामा भएको ढिलासुस्ती छानबिन गरेर कार्बाही गर्ने, नगरपालिका भित्र घर नम्बर प्रकरण लगायतका विभिन्न भ्रष्टाचारजन्य कामकार्बाही निष्पक्ष छानबिन र कार्बाही सहितका विषयमा सहमती भएको बताए । शुक्लाफाँटा नगरका मेयर रण बहादुर महराले वडाध्यक्ष बहादुर सिह महराको राजिनामा फिर्ताका लागि निवेदन आएको बताए । वडाध्यक्षको पदबाट राजिनामा दिएको एक साता(सात) दिनमै फिर्ता लिएर महरा नियमित वडाको काममा फर्किएका छन । वडाध्यक्ष महरा नियमित काममा फर्किएपछि स्थानीय हर्षित भएका छन । स्थानीयले नगरपालिकामा कुनै समस्या आउँदैमा सनकको भरमा राजिनामा दिन नहुने सुझाव दिदै आएका छन ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी