२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
औषधी व्यवस्था विभागले कञ्चनपुरको एक औषधी पसल फार्मेसी सिल गरेको छ । गत बिहीबार औषधी व्यवस्था विभाग नेपालगञ्जबाट आएको अनुगमन टोलीले बेलौरीको जगदम्बा फार्मेसी सिल गरेको हो ।
जगदम्बा फार्मेसी कानुन र विभागको मापदण्ड विपरित संचालनमा रहेको भन्दै सिल गरेको छ । औषधी व्यवस्था विभागबाट खटिएका एक कर्मचारीले उक्त औषधी पसल कानुन विपरित संचालनमा रहेकाले तत्तकालनका लागि सिल गरेको बताए ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुर, स्वास्थ्य कार्यालय सहितका निकाय लिएर बेलौरी पुगेको औषधी व्यवस्था विभागको टोलीले जगदम्बा फार्मेसीमा सिलबन्द गर्ने क्रममा अन्य औषधी पसल बन्द भएका थिए ।
अनुगमनमै रहेका एक सदस्यले आफुहरु अनुगमन गर्ने क्रममा जगदम्बा फार्मेसीमा शिलबन्द गर्दै रहेको अवस्थामा अन्य औषधी व्यवसायीले पसल बन्द गरेपछि अरु औषधी पसलमा अनुगमन नगर्दै फर्किएको बताए । ‘एक औषधी पसल बन्द गर्ने क्रममा अन्यले कसरी थाहा पाए ति अनुगमनमा गएका सदस्यले भने, ‘कहिकतै भित्रैबाट त सुचना लिक त गरिएन ।’ एक मात्रै औषधी पसल अनुगमन गरेर सिलबन्दी गर्दा पक्षपाती काम हुने उनले भनाई थियो । औषधी व्यवस्था विभागबाट आएका कर्मचारीले बेलौरीमा औषधी पसल अनुगमन र सिल बारे संचारकर्मीसंग बोल्न चाहेनन् । ति कर्मचारीले आफुले अनुगमन बारे प्रशासन र कार्यालयमा रिर्पोट बुझाएका कुनै पत्रकार वा संचारकर्मीसंग आफु बोल्न नचाहेको र अनेकन थरीका मान्छे फोन गर्ने गरेको बताए ।
कुनैपनि सरकारी तथा सार्वजनिक निकायले आफुले गरेका कामकाज बारे समान्य नागरिकले सोधपुछ गर्दा पनि सुचना दिनुपर्ने कर्तव्य भएपनि औषधी व्यवस्था विभागका कर्मचारीले संचारमाध्यमबाट सोधपुछ गर्दा समेत सुचना लिन अटेरी गरेसंगै थप शंका उब्जाएको छ ।
उक्त पसल सिल गर्नु अघि कुनै अपरित व्यक्ति, समुहबाट अनुगमन बारे जानकारी लिन खोजे सुचना चुहाउनु महाअपराध भएपनि सिलबन्दी गरेपछि संचार माध्यमले परिचय दिएर जानकारी लिन खोज्दा आनाकानी गरिएको घटनाले समेत औषधी व्यवस्था विभाग अनुगमन गर्दै व्यवसायी त्रसित पार्ने गतिबिधीमा संलग्न रहेको पुष्टी हुन्छ । यसरी हरेक बर्ष औषधी व्यवस्था विभागले कञ्चनपुरका कुनै न कुनै औषधी पसलमा अनुगमन गरेर कानुन अनुरुप संचालन नभएको भन्दै सिल गर्ने, पछि केही कागजात मगाएर नेपालगन्ज मगाउने र केही समयपछि ति औषधी पसल जस्ताको तेस्तै खुल्ने प्रवृतिले औषधी व्यवस्था विभाग अपारदर्शी काममा लिप्त भएको अनेकन आशंका उब्जाएको छ । अनुगमन गरेर केही त्रृटी भेटिए गुपचुपमा मिलाउन सहजका लागि औषधी व्यवस्था विभागले सुचना लुकाउने गरेको औषधी व्यवसायीको आरोप छ ।
कञ्चनपुरका औषधी व्यवसायीले समेत औषधी व्यवस्था विभागबाट अनुगमन हुने, सिलबन्दी गर्ने र त्यसपछि केही रकम मोलमोलाई, राजनीतिक, प्रशासन पहुँचका भरमा शिलखुल्ने अवस्थाले औषधी व्यवस्था विभागप्रतिको नागरिकको विश्वास गुम्दै गएको छ । औषधी व्यवस्था विभागबाट अनुगमनमा आएका ति कर्मचारीसग सिलबन्दी बारे संचार माध्यमले जानकारी लिन खोज्दा नदिने र औषधी व्यवसायीसंग रकम मोलमोलाई गर्ने नियत हो ? भन्ने जिज्ञासामा तिन कर्मचारीले होईन होईन अनेकन थरिका मान्छे फोन गरेर कुरा बुझ्न खोज्छन भन्दै टारे ।
कार्यालयबाट गरिसकेको कामकाज बारे जानकारी लिन समान्य नागरिकले मागे पनि दिनुपर्ने अवस्थामा औषधी व्यवस्था विभाग सुचना माग्दा पनि नदिने अटेरीले कतै सिलबन्दी गरिएका व्यवसायीसंग अनाधिकृत लाभ लिएर पुन संचालन गर्न खोजेको त होईन भन्ने थप आशंका उब्जाएको छ । औषधी व्यवस्था विभागको अनुगमन र त्यसपछिको अवस्थामा जिल्लाका अन्य सरकारी निकाय समेत सन्तुष्ट छैनन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी