२०८१ मंसिर ९, आईतबार
दोधारा । दोधारा चाँदनी– ३ बडुवाल टोलका जयसरा लुहार मंगलवार राती घरको आंगनमा आगो ताप्दै बसेका थिए । त्यही बेला आगनमै एक्कासी अजंगको जंगली हात्ती देखा पर्यो । आगो ताप्दै गरेको जयसरा लुहार बालबच्चा समातेर चिच्याउदै भागा–भाग गरे । जंगली हात्तीले घर नजिकको गहुँवालीमा सुढले खोतल्न थाल्यो । अनी सुढले गहुँ सहित माटोलाई माथी आकाशमा छर्यो । अनि मज्जाले गहुँ खायो । धन्न उनको कच्ची घर भत्काएन् । गहुँ खान थालेपछि जयसरा लुहारको परिवारहरु कुहिरोमा छिमेकी संग गुहार माग्दै कराउन थाले । एकै छिनमा स्थानिउयहरु हो–हल्ला गरे । हात्ती भगाउन भाडाकुडा, मादल बाजा बजाउदै चिच्याउन थाले । तर अजंगको हात्ती टसमस गरेन् । खेतवारीमै गहुँ नष्ट गर्न थाल्यो । ढुंगामुढा हाने पछि बल्ल हात्ती बारीसम्म त गयो । तर बस्ती छाडेन् । भारत संग जोडिएको बडुवाल टोलको यो पिडा आजको मात्रै हैन् । वर्षौ देखि उनिहरुले यो जंगलीको हात्तीको पिडा खेप्दै आएका छन् । सिंगो बस्तीनै यतीखेर जंगली हात्तीको त्रासमा छ् । भारतको जंगलबाट बडुवाल टोलमा भित्रिने जंगली हात्तीले बालीनाली थालेपछि स्थानियहरु हिजो आज फेरी जंगली हात्तीको डरले रातभर जाग्राम बस्न थालेका छन् । हात्ती भगाउन बस्तीका युवायुवतीहरु हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्ने गरेका छन । धेरै किसानहरुको जंगली हात्तीले बालीनाली नष्ट पनि गरेको छ । रात पर्ना साथ त्रासमा बस्नु यहाँका गाँउलेहरुको दैनिकी भइसकेको छ । वर्षौ देखि हात्तीले त्रसीत बनाएको छ । ‘ दिनहुजसो समसाँझै हात्ती बस्तीमा पस्छ । बालीनाली त परै जावस ज्यान जोगाउनै गाहे भैसक्यो, स्थानिय लक्ष्मी राना क्षेत्रीले दुखेसो सुनाए । नेपाल सरकारले जंगली हात्ती नियन्त्रण गर्न नसकेको भन्दै स्थानिय आक्रोशित भएका छन् । बडुवाल टोलमा बर्षेनी जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भएपनी नेपाल सरकारले जंगली जनावरबाट हुने क्षती रोक्न कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीको आरोप छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी