२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर। शास्त्रीय संगीतका मूर्धन्य प्रतिभा तिलकसिंह पेलाको नयाँ गजल बजारमा आएको छ।
उनको ‘के लत बस्यो…’ गजल सार्वजनिक भएको हो।
डा. प्रदीप मैनालीले लेखेको उक्त गजलमा पेलाले मिठो स्वर र संगीत भरेका छन्। गजललाई रिदम कँडेलले संयोजन गरेका हुन्।
सारंगीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रविक्रम राई र पियानोमा रिदम कँडेल रहेका छन्।
बैतडीमा जन्मिएका पेलाले यसअघि पनि विभिन्न आधुनिक र देउडा गीतहरु बजारमा ल्याएका छन्।
पेलाका ‘लुकाउन खोज्दा पनि आँसु नझरेको हैन’, ‘कहानी बनेन केही यस्तै छ मेरो जिन्दगी’ लगायत गीत चर्चित छन्।
‘के लत बस्यो…’ बोलको गजल उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएसँगै चर्चा चुलिएको छ। धेरै स्रोताहरुले यसलाई मन पराएका छन्।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी