२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुरको महेन्द्रनगर पार्क चिटिक्क, आकर्षित हुन थालेपछि पार्क भित्र अवलोकन गर्ने र विभिन्न संघ संस्थाबाट कार्यक्तम हुन थालेका छन । बिहीबार मात्रै भूमिहिन सुुकुमबासीले पार्कभित्र माघी मिलन कार्यक्रम गरेको छ ।
आयोजक संस्थाले पार्क सुधारका साथै चिटिक्क, आकर्षित हुन थालेपछि कार्यक्रमका लागि पार्क छनौट गरेको बताएको छ । केही दिनदेखि भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेम बहादुर बस्नेत नेतृत्वमा पार्क सुधारका कामकाज अघि बढेका छन । चारैतिर सफाईदेखि आकर्षित पार्ने काम हुन थालेपछि व्यक्तिदेखि संघ संस्थाको रोजाईको गन्तव्य बनिरहेको हो ।
कार्यक्रममा आएका अधिकाँस अथिति एव वक्ताहरुले थारु समुदायको माघि मिलनका साथै पार्क सुधार भएको विषयमा बोलेका थिए । कार्यक्रममा थारु समुदायको लोक संस्कृति झल्किने नृत्य प्रस्तुत गरिएका थिए ।
भूमिहिन सुुकुमबासीकी राज कुमारी थारु(डगौरा)को अध्यक्षतामा भएको कार्यक्तममा प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले थारु समुदायको माघीले लोक संस्कृति संरक्षणमा टेवा पुग्ने बताए । यस्ता कार्यक्तम मार्फत लोक संस्कृतिको संरक्षण हुने प्रदेश सभा सदस्य रानाको भनाई थियो । कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी