२०८१ मंसिर ८, शनिबार
कञ्चनपुर:
कञ्चनपुरमा जंगली जनावरको आतङ्कले स्थानीय सर्वसाधारण मात्र होईन किसान हैरान भएका छन । ठुला तथा साना जंगली जनावरको आतङ्क किसान लक्षित रहेको पाईन्छ । हात्तीले मानिसमाथि आक्र्रमणदेखि भौतिक संरचना नष्ट र अन्नबाली तहसनहस पु¥याउँ आएको एकातिर समस्या भएपनि साना जनावरका कारण पनि समस्या विकराल बन्दै गएको छ ।
१६ सय १० वर्ग किलोमिटरमा फैलिएको कञ्चनपुरको भूगोल ५५ प्रतिशत अर्थात ८सय ८५ वर्गकिलोमिटर वन क्षेत्र रहेको छ । जसमध्ये शुक्लाफाँटा राष्ट्रिय बन्यजन्तु निकुञ्ज मात्रै ३ सय ५ वर्ग किलोमिटरमा फैलिएको र बाँकी लालझाडी मोहना, चुरे, सामुदायिक वन रहेको छ । जिल्लाका ९ वटै पालिका निकुञ्ज, वन, चुरे वन, लालझाडी मोहना संरक्षित वन एव सामदायिक वन क्षेत्रसंग फैलिएका छन । कुल ३८ प्रतिशत अर्थात झण्डै ६ सय वर्गकिलोमिटर जमिन खेतीयोग्य छ ।
आधाजती खेतीयोग्य जमिन कुनै न कुनै वनजंगल क्षेत्रसंग जोडिएको छ । हरेक सिजनमा वनक्षेत्रसंगै जोडिएका खेतबारीमा जंगली जनावरको आतङ्क कायमै छ । किसानलाई एकतिर ठुला जनावरमा ज्यान जोगाउन समस्या छ, भने अर्कातिर साना जनावरबाट अन्नबाली(खेती) जोगाउन मुस्किल परेको छ ।
शुक्लाफाँटा, लालझाडी, सामुदायिक, चुरे सहितका वनबाट कुनैपनि बेला खेतमा पस्ने जनावरले अन्नबाली नष्ट गरिदिन थालेपछि किसान हैरान मात्रै होईन आफ्नो बारी हुँदा समेत खरिद गरेर अन्नबाली खान बाध्य भएका छन । शुक्लाफाँटा निकुञ्जको चारैतिर बस्ती छ । निकुञ्जको उत्तरमा भीमदत्त,बेदकोट, दक्षिणमा बेलडाँडी–बेलौरी, पुर्वमा लालझाडी, शुक्लाफाँटा र पश्चिममा दोधाराचाँदनी गाँउबस्ती छन । निकुञ्जबाट गाँउपस्ने जनावरका कारण किसान सबैभन्दा बढी मारमा परेका छन । जंगली जनावरले अन्नबाली नष्ट गरिदिएपछि निकुञ्ज बरदानी कि अभिसाप भन्दै किसान हैरान भएका हुन । सबै प्रकारका वनसंग जोडिएका बस्तीमा स्थानीय किसानले जनावरबाट अन्नबाली जोगाउनका लागि रातभरी जाग्रामबस्नेदेखि खेतभरी मानिसका डमी बनाउन बाध्य भएका छन । निकुञ्जसंगै जोडिएको भीमदत्त नगरपालिका १३ पिपरैयाका किसान पनि रातभरी जंगली जनावर धपाउन केन्द्रीत हुने गरेका छन । पिपरैयाका स्थानीय महेश भट्टले निकुञ्जबाट आउने जनावरले अन्नबाली नष्ट गरिदिने भएपछि किसान रातभरी जाग्रम बस्न बाध्य भएको बताए । उनका अनुसार चित्तल, बदेल गाँउबस्तीमा पसेर अन्नबालीदेखि तरकारी नष्ट गरिदिने गरेका छन । एकल महिला समेत रहेकी पिपरैयाकी खन्टि चदारोले आफ्नो जमिन नभएपछि अदिया बनाउने गरेको बताउँदै सोही जमिनको अन्नबाली समेत बाँदरबाट जोगाउनै मुस्किल भएको बताए । ‘जनावर धपाउन घरमा भएका पुराना लुगा कपडा खेतभरी लगाएका छौँ, ‘उनले भने, ‘तैपनि जनावर डसराउँदैन ।’
निकुञ्जकै दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका १ झर्नासागरका मुस्कान महराले जंगली जनावरका कारण खेत लगाउने कि नलगाउने दोधारामा परेको बताए । ‘खेती लगाएर उम्रीयो कि जनावरले सखाप पारिदिन्छन, ‘उनले भने, ‘हामीलार्ई न यो निकुञ्ज हामीलाई फलिफाप भएको छ, उल्टै अन्नबाली गुमाउनुपर्ने बाध्यता छ ।’
लालझाडी गाँउपालिका ६ चाँन्देवका स्थानीय कालुराम चौधरीले जंगली जनावरका कारण बिहानैदेखि रातभरी एक जना खेतमा डियुटी गर्नुपर्ने बाध्यता रहेको बताए । ‘खेत नजिकै जंगल छ, ‘उनले भने, ‘खेती जोगाउनै मुस्किल भएको छ, न खेती नष्ट गरेको सरकारले दिन्छ, आफै मजदुरी गर्ने किनेर गुजारा चलाउने हो ।’ कृष्णपुर नगरपालिका १ दोमिल्लाका पदम बुढाले चुरेबाट आउने बन्यजन्तुले खेती नै नष्ट गरिदिएपछि अन्न फल्ने खेत हुँदाहुँदै बजारबाट किनेर खानुपर्ने बाध्यता रहेको बताए ।
बेदकोट नगरपालिका नगरपालिका १ हात्तीथलाका युवा दल बहादुर धामी(अबिरल)ले रातभरी जनावर धपाउदाँ मानिसको स्वास्थ्य नै धरापमा परिरहेको बताए । ‘रातभरी नसुतेर जनावर धपाउनुपर्छ, ‘उनले भने, ‘एकातिर हात्तीबाट ज्यान जोगाउनुपर्ने बाध्यता र अर्कातिर अन्नबाली नष्टका साथै स्वास्थ्य बिग्रीदैछ ।’ धामीले किसानको यस्तो खाद्य अधिकारसंग जोडिएको समस्यामा स्थानीय, प्रदेश र सघीय सरकार जिम्मेबार बन्नुपर्ने बताए । यसरी कञ्चनपुरमा जंगली जनावरले अन्नबाली नष्ट गरिदिने समस्या भएपनि पालिका, निकुञ्ज वन सहितका सरकारी कार्यालयले किसानको समस्यामा चासो नै दिएको छैन । जिल्ला खाद्या अधिकार सञ्जाल कञ्चनपुरका अध्यक्ष कोमल निरन्जन भाटले जंगली जनावरबाट किसान मारमा परेको विषयमा सरोकारवाला निकाय गम्भिर हुनुपर्ने बताए । ‘जंगली जनावरको समस्या दिर्घकालिन रुपमा समाधान नहुँदासम्म वन नजिक क्षेत्रका किसान जहिल्यैपनि समस्यामै परिरहनेछन, ‘उनले भने, ‘किसानको दिर्घकालिन समस्या समाधान गनुपर्छ । उनका अनुसार पीडित किसानलाई अनुदान, क्षतिपूर्तिका साथै जंगली जनावरले नखाने बाली वैकिल्पखेती लगाउनुका साथै तारबार लगाउने जस्ता योजना अघि सानुपर्छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी