२०८१ मंसिर ९, आईतबार
कञ्चनपुर:
कञ्चनपुर महेन्द्रनगरको शिवशिखर बहुदेश्यीय सहकारी संस्थामा बबण्डर मच्चिएको छ । भीमदत्त नगरपालिका ६ऐठपुर महेन्द्रनगरमा रहेको शिवशिखर बहुदेश्यीय सहकारी संस्थामा बबण्डर मच्चिएको हो ।
पुर्वपश्चिम महेन्द्रराजमार्गसंगै जोडिएको शिवशिखर सहकारीमा रकम जम्मा गर्दै आएका ग्राहले रकम फिर्ता मागिरहेका छन । मंगलबार र बुधबार दुई दिन सहकारीमा बचतकर्ताको भिडभाँड रहेको छ । भक्तपुर केन्द्रीय कार्यालय रहेको उक्त सहकारीले केही महिनादेखि महेन्द्रनगरमा सहकारी मार्फत गार्डेन मार्ट समेत संचालन गरेको थियो ।
दैनिक बचत, फिक्सबचतकर्तादेखि ठुलो रकम शेयर लगानी गरेका ग्राहकले आफ्नो लगानी डुब्न लागेको भन्दै रकम फिर्ता मागिरहेको बताएका छन । शिवशिबरकै बुटबल शाखामा बचतकर्तामाथि ठगि भएकाले विषय बाहिर आएपछि त्यसको प्रभाव कञ्चनपुरमा समेत परेको हो ।
शहकारीको कार्यालय र मार्ट भएकै भवन कार्यालय क्षेत्रमा दिनभरी निच्छेप फिर्ता माग्ने ग्राहको घुईचो छ । शहरीकाले दैनिक चल्ती खाता मार्फत रकम संकलन गर्दै आएको थियो ।
भीमदत्त नगरपालिका १८महेन्द्रनगरका स्थानीय मनोज उप्रेतीले सहकारीमा राखिएको पैशा जोखिममा परेकोले फिर्ता माग्न आएको बताए । ‘मैलै दैनिक बचत गर्दै आएको थिए, ‘उनले भने, ‘सहकारीमा राखिएको पैशा जोखिमा पर्न थाल्यो, त्यही भएर भएको २८ हजार ६सय रुपैया फिर्ता माग्न आएको हुँ ।’ भीमदत्त नगरपालिका १ भाँसीकी लक्ष्मी धामीले मासिक १३सय रुपैया बचत गर्दै आएको बताईन । ‘मैले यो सहकारी राम्रो भएको हुँदा माहिनावारी बचत गर्दै आएको थिए, ‘उनले भनिन, ‘अहिले आएर ठगिने जस्तो लाग्यो, त्यही भएर फिर्ता माग्न लागेको छु ।’ भाँसीकी अर्की बचतकर्ता धर्मादेवी शर्माले सहकारीमा रकम सुरक्षाका लागि राखेपनि जोखिमा पर्न थालेपछि फिर्ता लिन आएको बताईन । ‘अब हामीलाई ब्याज चाहिदैन, ‘उनले भनिन, ‘हाम्रो बचत भएको रकम फिर्ता गरिदिनुप¥यो ।’ ग्राहक समेत रहेका बुद्धिजिवी रामदत्त भट्टले सहकारीप्रति जनताको विश्वास गुमिरहेका बेला सहकारीले रकम फिर्ता गर्नुको विकल्प नभएको बताए । वाईसियल भीमदत्त नगरका इन्चार्ज समेत रहेका कञ्चनपुरका युवा नेता तुल बहादुर थापा(मगर)ले सहकारीले जसरी जनताबाट संकलन गरेको रकम जम्मा वा अन्य क्षेत्रमा लगानी गरेको भएपनि फिर्ता गर्नुपर्ने बताए । उनले फसाउने उदेश्यले ग्राहकबाट संकलन गरिएको रकम तुरुन्तै फिर्ता नभए आन्दोलनको चेतावनी दिए । भीमदत्त नगरपालिका ६ऐठपुरका स्थानीय जनादर्शन जोशीले बजारको हल्लाका कारण बचत रकम फिर्ता माग्न आएको बताए । लगातार दुईदिन सहकारी कार्यालयमा तनाव भएपछि मार्टको कारोबारमा समेत प्रभाव परेको छ । यसरी सहकारीमा ग्राहक नै आन्दोलित भएपछि सहकारीप्रति नागरिकको विश्वास गुम्दै गएको छ ।
शिवशिखर बहुदेश्यीय सहकारी महेन्द्रनगर शाखा प्रमुख पुष्पराज जोशीले बुटबल शाखामा देखिएको समस्यालाई ईङगित गरेर कुनै एक शाखामा आएको समस्या यस शाखामा समेत प्रभाव परेको बताए । ‘सबै बचतकर्ताको माग अनुरुप क्रमिक रुपमा हामी रकम फिर्ता गछौँ, ‘उनले भने, ‘हामी कुनैपनि ग्राहकलाई मारमा पार्दैनौँ, उसको बचत भएको रकम पाउनुपर्ने रकम फिर्ता पाउँछौँ ।’
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी